मासिक ५ हजार किस्तामै किन्न पाईन्छ स्कोमादी फ्यूरियस

काठमाडौं । स्कोमादी फ्यूरियस १५० नेपाली बजारमा मासिक ५ हजार रुपैयाँ किस्ता तिर्नेगरि किन्न सकिने छ । कम्पनीले लकडाउनको समयमा समेत यो अफर संचालन गरिरहेको छ ।

कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख १५ हजार रुपैयाँ तोकर बिक्री गर्दै आएको छ भने मासिक ५ हजारका दरले किस्ता तिरेर किन्न सकिने छ । तर, सुरुमा डाउन पेमेन्टभने ६० प्रतिशत तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

स्कोमादी फ्यूरियस १५० मा १४९.६ सीसी एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ११ एचपी पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

कम्पनीले यसको दुबै चक्कामा डिस्क ब्रेक दिएको छ । अगाडिको चक्कामा २९८ एमएम र पछाडि चक्कामा २१८ एमएमको डिस्क ब्रेक दिइएको छ ।

यो मोटरसाइकलको लम्बाई १९५० एमएम, चौडाई ७९० र उचाई १०९० एमएम रहेको छ । यसमा १३३० एमएमको ह्वीलवेस दिइएको छ । मोटरसाइकलको सिट हाईट ७७० एमएम रहेको छ ।

यसमा १३.५ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ भने मोटरसाइकलको कुल तौल १३० केजी रहेको छ ।

मोटरसाइकलमा इलेक्ट्रीक स्टार्ट, अलोय ह्वील, ट्यूवलेस टायर, डिजिटल डिस्प्ले प्यानल, प्रोजेक्टर हेडल्याम्प, एलइडी टेललाइट जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top