पेट्रोल पम्पमा इन्धन भर्दा सावधानी अपनाउ, नत्र स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ

सांकेतिक तस्विर

काठमाडौं । सवारी चालकले धेरै समय पेट्रोल पम्पमा बिताउनु पर्ने हुन्छ । हाल उपलब्ध धेरै सावरी साधनको इन्धनको स्रोत भनेको पेट्रोल पम्प नै रहेको छ ।

नेपालमा कुनै कुनै समयमा आफ्नो सवारी साधनमा इन्धन राख्न पेट्रोल पम्पमा घन्टौं कुर्नु पर्ने अवस्था रहेको छ । विशेषत सेना, प्रहरी र साझा जस्ता विभिन्न संस्थाले संचालन गरेका पेट्रोल पम्पमा लामो लाइन हुने गर्छ ।

पेट्रोल पम्ममा बेजीन नामक हाइड्रो कार्वन फैलिरहेको हुन्छ । यो एक प्रज्वलनशिल तत्व हो । बेजीन नामक हाइड्रोकार्वन ग्यास फोक्सोका लागि एकदमै हानिकारक हुने विज्ञहरु बताउँछन् ।

हाइड्रोकार्वन एक सिमाभन्दा धेरै फोक्सोमा पुगेको खण्डमा यसले क्यान्सर हुने संभावना एकदमै धेरै रहन्छ । सामान्य अबस्थामा पनि यसले धड्कन बढ्ने, बेहोशी हुने तथा टाउको दुख्ने हुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलमा बेजीनको एक पीपीएम (पार्ट पर मिलियन) को मात्रा स्वीकृत गरिएको छ । तर मिसावटका कारण यो मात्रा दश गुणासम्म वृद्धि भएको पाइन्छ । यस्तोमा यो तत्वले गर्ने फोक्सोको क्षतिसमेत १० गुणाले ज्यादा हुन्छ । त्यसैले पेट्रोल पम्पमा इन्धन भर्न जाँदा अत्याधिक सतर्कता अपनाउनु पर्छ ।

सकेसम्म पेट्रोल भर्न जाँदा भिडभाड हुने समयमा जानु उपर्युक्त हुन्छ । पेट्रोल पम्पमा भिड भएमा केहि सयम कुर्ने वा अन्य पम्पमा जाने भन्ने निर्णय गर्नु पर्छ । सकेसम्म पेट्रोल भर्दा मोटरसाइकलबाट तल झरेर भर्नु पर्छ ताकी पेट्रोल भर्दा निस्कने वाफ सिधा श्वास मार्फत फोक्सोमा जान पाउँदैन । मास्कको प्रयोगले पनि केहि हदसम्म बेजीनलाई श्वास मार्फत भित्र जान रोक्छ ।

पेट्रोल हाल्न प्रयोग हुने नोजलमा एक प्रकारको स्टेज १ र स्टेज २ नामक सुरक्षा मानक लगाउनु पर्ने हुन्छ । कतिपय पेट्रोल पम्पमा यसको प्रयोग गरेको पाइदैन । यसले लगातार पेट्रोल पम्पमा काम गर्ने मजदुर तथा ग्राहकको स्वास्थ्यलाई धेरै हानि पुर्याएको हुन्छ ।


Back_to_top