आफ्नो मोटरसाईकलको लाइफ बढाउन यस्ता काम गर्नुस्

काठमाडौं । कुनैपनि कुरा लामो प्रयोगकाबीच लामो सयम टिकाइ राख्न वा मजबुती जोगाइ राख्न त्यसको हेरचाहमा ध्यान दिनै पर्छ । मानिसको स्वास्थ्य पनि नियमित परिक्षण गर्ने र समस्याको पहिचान गरि उपचार गर्दा पछि ठूलो समस्या आउन सम्भावना कम हुन्छ । त्यस्तै इन्जिबाट चल्ने मेसिनरीको पनि मानिसको जस्तै नियमित चेक/जाँच गर्ने हो भने त्यसमा आउन सक्ने समस्या टर्नुका साथै प्रोडक्टिभिटी जोगाइ रहन सकिन्छ ।

मेसिन हो चलिहाल्छ नि भन्ने तर्फ लागियो भने त्यसले दिनु पर्ने जति प्रोडक्टिभिटी पनि नदिने र समस्याहरु बारबार निम्ति रहन सक्छ । त्यसैले चारपांग्रे होस या दुईपांग्रे सवारीलाई नियमित चेक/जाँच र त्यसको स्याहारमा ध्यान दिन जरुरी हुन्छ । 

दुईपांग्रे सवारी मोटरसाइकलको स्पाहारको सामान्य विधि सर्भिसिङ हो । मोटरसाइकल सर्भिसिङ गर्नु परेमा हामी सबैले वर्कसपलाई जिम्मा दिने गरेका छौं । तर हामी मध्ये धेरैलाई सर्भिसिङमा के–के गरिन्छ भन्ने कुरा ज्दादै कम या थाहा नै नभएको हुन सक्छ । सर्भिसिङ भइसकेपछि आफ्नो मोटरसाइकलको पार्टपूर्जा सफा भए/नभएको वा आवश्यक सेवा उपलब्ध पाए÷नपाएको बारे पनि कमैले चासो दिने गरेका होलान् । 

धेरैले मोटरसाइकल सर्भिसिङ गर्न छाडिदिन्छन् र भनेको समयमा आएर लैजान्छन् । सर्भिसिङमा के के गरिन्छ भन्ने विषय कमैलाई थाहा छ र उनीहरु चासो लिन पनि चाहँदैनन् । सर्भिसिङ गर्न आउँदा कसैले गुनासो लिएर आए पनि ति गुनासा पुरा भएपछि भने अन्य कुरामा चासो राख्ने गरेको पाइदैन भन्छन् विकास मोटर्सका विकास श्रेष्ठ ।


Back_to_top