गर्मी मौसमको तातोमा आफ्नो कारको हेरचाह यसरी गर्नुस्

काठमाडौं । गर्मी मौषम सुरु भएको छ । यो अवस्थामा कार र यसका विभिन्न एसेसरिजलाई सुरक्षित राख्नु आवश्यक हुन्छ । मानिस आफू गर्मीबाट बच्न एसी, कुलरलगायत चिसो प्रदान गर्ने सामान प्रयोग गरे जस्तै कारलाई पनि विभिन्न तौरतरिका अवलम्बन गरि गर्मीबाट बचाउनु आवश्यक पर्दछ । त्यसैले कारलाई गर्मीबाट बचाउन निम्न उपाय अपनाउन सकिन्छ :

एक्सटेरियरको सुरक्षा

कारलाई मुख्य रुपमा दुई भागमा बर्गिकरण गर्न सकिन्छ एम्टेरियर र इन्टेरियर । कारको बाहिरी भाग अर्थात एक्सटेरियर निक्कै नै महत्वपूर्ण हुन्छ । त्यसैले पार्किङ गर्दा छायाँ भएको स्थान राख्ने र घाम लागेको स्थानमा सकेसम्म नराख्ने । यसो गर्दा पेन्ट पनि सुरक्षित हुने क्याबिनको तापक्रम पनि सन्तुलित हुन्छ । यदि घाम लागेको स्थानमा कार पार्किङ गर्नु पर्ने आवस्था आयो भने कार कभरको प्रयोग गर्नु उपयुक्त हुन्छ । ।

इन्टेरियरको बचावट

घाममा कार पार्किङ गरियो भने यसको भित्री भाग अर्थात इन्टेरियरमा पनि असर पर्छ । त्यसैले यसलाई सुरक्षित राख्नु आवश्यक छ । कारको म्याट, ड्यासबोर्ड तथा एसी भेन्ट्स सफाइ गर्नु पर्छ । गर्मी मौषममा धुलो धेरै उड्ने हुनाले यी सामग्रीमा टासिएर बस्छन् । त्यसैगरी सन शेडको प्रयोग गरी क्याबिनलाई ओभरहिट हुनबाट बचाउनु पर्छ ।

एसी सर्भिसिङ

गर्मी याममा कारको एचभीएसी युनिटमा लोड बढ्न जान्छ । यो अवस्थामा कारको भित्र भएको एसीको चिसोपनामा कमी आउन सक्छ । त्यसैले एसीको नियमित सर्भिसिङ गर्नु पर्छ । यसका साथै इन्जिन, ब्रेक, ट्रान्समिसन आयल, कुलेन्ट आदि पनि समय समयमा सर्भिसिङ गर्नु पर्छ ।

टायर

गर्मी मौषममा सबैभन्दा बढी असर टायरमा पुग्छ । लामो यात्रा गर्दा टायर तातिनु आम समस्या हो । सामान्यतया प्रत्येक ५ वर्षमा वा ५० हजार किलोमिटर गुडेपछि टायर परिवर्तन गर्नु पर्छ । टायर सुरक्षासँग निक्कै सम्बेदनसिल छ । कार वा गाडी गुड्दै गर्दा टायर पड्कियो भने दुर्घटना निम्तिन सक्छ । त्यसैले यसको सावधानी पूर्वक प्रयोग गर्नु पर्छ । आजकाल बेटर कुलिङका लागि टायरमा नाइट्रोजनको प्रयोग गर्ने प्रचलन पनि बढेको छ ।

ब्याट्री

चिसो मौषम भन्दा गर्मी मौषममा ब्याट्रीमा धेरै लोड पर्छ । गर्मी मौषममा ओभर चार्ज समेत हुने भएकोले ब्याट्रीको लाइफमा धेरै असर पर्छ । त्यसैले यसको नियमित रुपमा सरसफाई गर्नु पर्छ । साथै यदि कारको प्रयोग थोरै समय मात्र गरिन्छ भने सो समयमा ब्याट्री केबुल हटाउदा उपयुक्त मानिन्छ । 


Back_to_top