हुन्डाईको कारमा एक्साइडको हाइभोल्टेज ब्याट्री, भयो सम्झौंता

काठमाडौं । हुन्डाई मोटर ग्रुपले भारतमा एक्साइड इनर्जी शोलुसनसँगको सहकार्यमा इलेक्ट्रीक भेहिकलको ब्याट्री बनाउने भएको छ । दक्षिण कोरियाली अटोमोवाइल कम्पनी हुन्डाई र किया मोटर्सले एक्साइड इनर्जी सोलुसनसँग सोमबार सम्झौंता गरेको हो ।

यी दुई कम्पनीले भारतमा लिथियम आयोन फस्फेट ब्याट्री सेल बनाउन सहकार्य गर्ने घोषणा गरेका हुन् । भारत सरकारले इलेक्ट्रीक भेहिकल उत्पादकलाई भारतमै ब्याट्री प्याक बनाउनु पर्ने नियम लगाएको छ ।

अन्य देशबाट हाइभोल्टेज ब्याट्री आयात गर्नुभन्दा स्थानिय स्तरमै ब्याट्री बनाउँदा कम लागतमा बन्ने र भारत सरकाले पनि उत्पादनको आधारमा विभिन्न सुविधाहरु दिने योजना अघि सारेकाले हुन्डाईले एक्साइडसँग सहकार्य गरेको हो ।

भारतमा हुन्डाई मोटर्सले आयोनीक ५ र कोना ईभी बिक्री गरिरहेको छ । कियाले ईभी–सिक्स बिक्री गरिरहेको छ । हुन्डाईले निकट भविष्यमै क्रेटा र एक्सटर इलेक्ट्रीक मोडल ल्याउने तयारी गरिरहेको छ । कियाले कारेन्स र क्लाभीस मोडल भारतमा निर्माण गर्ने जनाएको छ ।

एक्साइड इन्डष्ट्री विगत ७५ वर्षदेखि लिड एसिड ब्याट्री बनाइरहेको कम्पनी हो । कोलकता वेसको उक्त कम्पनीले सन् २०२२ मा लिथियम आयोन सेल, मोडुल र ब्याट्रीप्याक बनाइरहेको छ । यो अलायन्ससँगै अब भारतमा निर्माण हुने किया र हुन्डाईको ईभीमा एक्साइडको ब्याट्रीप्याक प्रयोग हुनेछ ।


Back_to_top