फक्सवागेनको नयाँ वर्ष अफरः ७ प्रतिशतभन्दा कम ब्याजदरमा एसयूभी

काठमाडौं । फक्सवागेनको आधिकारीक बिक्रेता पुजा इन्टरनेशनल नेपालले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष नयाँ पन’ नाम दिएर ल्याएको स्कीममा ६.९९ प्रतिशतमा एसयूभी किन्न पाइने भएको हो ।

कम्पनीले संचालन गरेको स्कीममा ग्राहकले ५ वर्षसम्मको लागि स्थीर ब्याजदरमा कर्जा सुविधा पाउने छन् । अहिले बैंक तथा वित्तिय संस्थाले ९.५ देखि १० प्रतिशतसम्म ब्याजदर तोकेर कर्जा उपलब्ध गराएका छन् ।

फक्सवागेनले ल्याएको स्कीममा पनि बैंक तथा वित्तिय संस्थाबाटै कर्जा लिने हो । तर, त्यसमा नपुग ब्याज कम्पनीले नै ब्योहोर्ने छ । त्यसैले नयाँ वर्षमा नयाँ एसयूभी किन्न चाहनेलाई फक्सवागेनको स्कीम आर्थिक रुपले फाइदाजनक हुने देखिन्छ ।

जर्मन ब्राण्डले भारतमा उत्पादन गरेको एसयूभी टाइगुन नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको खरिदमा ग्राहकले निःशुल्क एशोसरिज, एक वर्षको वार्षिक कर, ठाँउका ठाँउ पुरानो गाडीको भ्यालूएशन र टेष्ट ड्राइभमा आकर्षक उपहार दिने जनाएको छ ।


Back_to_top