टी-०३ ह्याचव्याकको मूल्य २५ लाख

काठमाडौं । लिप मोटर्सको आधिकारीक बिक्रेता वाणिज्य विकास प्रालिले लिएको छ । कम्पनीले नेपाल ल्याउने टी-०३ ह्याचव्याक कारको मूल्य प्रकाशित गर्दै नेपाल आउन लागेको कन्फर्म गरेको हो ।

चिनियाँ स्टार्टअप कम्पनी लिप मोटर्सको अन्तर्राष्ट्रिय ब्यापार यूरोपियन जान्ट स्टेलान्टीसले हेर्ने सहमतीसँगै अन्तर्राष्ट्रिय बजारमा धमाधम डिलर नियुक्त सुरु भएको हो । दुई दिनअघि मात्रै मलेशियामा लिप मोटर्सका उत्पादन सार्वजनिक भएको थियो ।

नेपाली बजारमा २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म मूल्य तोकेर यसलाई बिक्री गर्ने योजनाका साथ बाणिज्य विकास प्रालिले अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको हो ।

दुई मोटर क्षमतामा आउने टी-०३ मा ५५ किलोवाट र ८० किलोवाट क्षमताको मोटर अप्सन पाउन सकिन्छ । यसमा ३६.५ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको छ ।

सिंगल चार्जमा ३०० किलोमिटर हाराहारी रेन्ज दिने ह्याचव्याकमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर पाउन सकिन्छ ।

लिप मोटर्सले टी-०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ जस्ता फिचर छन् ।


Back_to_top