काठमाडौं । यज्दी मोटरसाइकलको नयाँ वर्ष अफर सार्वजनिक भएको छ । यज्दी मोटरसाइकको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता अग्नी मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ ल्याएको हो ।
यो अफर अन्तर्गत ग्राहकले यज्दीका मोटरसाइकल किन्दा अविश्वसनीय क्यासब्याक र सबैभन्दा ठूलो छुट पाउने कम्पनीले जनाएको छ ।
‘हाम्रो शोरुममा आउने सबैले यज्दी स्क्र्याम्ब्लरलाई एकदम मनपराउनु भएको छ । उहाँहरुको यही उत्सुकतालाई साथ दिन हामीले नयाँ वर्षको अवसरमा यज्दी स्क्र्याम्ब्लरमा अविश्वसनीय क्यासब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हौं,’ अग्नी मोटोइंकका उपमहाप्रबन्धक प्रत्युश श्रेष्ठले भने ।
अन रोड र अफ रोड दुबैका लागि उपयुक्त हुने यज्दी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेरुलाई लक्षित गरी ल्याइएको मोटरसाइकलमा बीएस सिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्वीच गर्न मिल्ने डुअल च्यानल एबिएस राखिएको छ ।


