काठमाडौं । लकडाउनपछि हुन्डाईले आफ्नो पहिलो नयाँ कार नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले बी सेग्मेन्ट सेडान कार अउरा अबको केही दिनमा नेपालमा सार्वजनिक गर्ने भएको हो ।
नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ अउरालाई अबको १५ दिन भित्र नेपाली बजारमा बिक्री सुरु गर्ने जानकारी दिएको छ ।
‘अउरा अहिले भन्सारमा आइसकेको छ । अबको दुई हस्ता भित्र हामी अउराको आधिकारी बिक्री सुरु गर्ने तयारीमा छौं । तर, बिरगंजमा कोरोना संक्रमण फैलदै गएकाले गाडी काठमाडौं ल्याउन कठिन भएको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
हुन्डाईले आफ्नो कम्प्याक्ट सेडान एक्ससेन्टलाई डिस्कन्टीन्यू गरेर अराउ ल्याएको हो । भारतमा विभिन्न १२ भेरियन्टमा अउरा बिक्री हुँदै आएको भएपनि नेपाली बजारमा सिमित भेरियन्ट मात्र बिक्री हुने छ । अहिले कुन कुन भेरियन्ट आइरहेको छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
कम्पनीले निकै प्रिमियम फिचरका साथ बजारमा उतारेको आउरामा १.२ लिटर पेट्रोल १.० लिटर टर्बो पेट्रोल र १.२ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । संभवत नेपाली बजारमा १.२ लिटर पेट्रोल इन्जिन युक्त कार मात्रै आउने छ । यो इन्जिन भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको रहेको छ ।

आफ्नै नयाँ मोडल ग्रान्ड आई १० नियोसबाट प्रभावित रहेको यो मोडलले डिजाइन, लुक्स तथा मूल्यको आधारमा मारुती सुजुकी स्विफ्ट डिजायर र होन्डा अमेजसँग प्रतिस्पर्धा गर्ने छ ।
उत्कृष्ट इनटेरियर रहेको अउरामा ८ इन्चको टचस्क्रिन इन्फोटेनेमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन चार्जिङ लगायतका स्मार्ट फिचर रहने अनुमान गरिएको छ ।
निकै स्पोर्टी र आकर्षक देखिएको कारलाई कम्पनीले आफ्नो पछिल्लो डिजाइन ल्याङ्गवेजमा निर्माण गरेको हो । आरामदायी, सुरक्षीत, स्टाइलिस र प्रविधिले भरिपूर्ण यो कार ग्राहकले निकै मन पराउने कम्पनीको अपेक्षा छ ।

