हुन्डाईको नयाँ कार अउराको ग्लोबल प्रिमियर, यस्ता छन् विशेषता

हुन्डाई मोटर्सले आफ्नो नयाँ कम्प्याक्ट सेडान कार अउराको ग्लोबल प्रिमियर गरेको छ । कम्पनीले चार मिटरभन्दा कम साइजमा ल्याएको अउरा अहिले निकै चर्चामा रहेको कार हो ।

यसले बजारमा मारुती सुजुकी डिजायर, होन्डा अमेज, फोर्ड एस्पायर जस्ता कारसँग प्रतिस्पर्धा गर्ने छ ।

यसको इन्टेरियरमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ भने प्रिमियम साउन्ड सिस्टम उपलब्ध रहेको छ । ४०२ लिटरको बुट स्पेश, १५ इन्च डायमन्डकट अलोय ह्वील, एलइडी टेल ल्याम्प जस्ता फिचर यसमा दिइएको छ । 

३९९५ एमएम लामो, १६८० एमएम चौडाई र १५२० एमएम अग्लो रहेको यस कारमा २४५० एमएमको ह्वील वेस दिइएको छ । 

निकै स्पोर्टी र आकर्षक देखिएको यो कम्प्याक्ट सेडान कारलाई कम्पनीले आफ्नो पछिल्लो डिजाइन ल्याङ्गवेजमा निर्माण गरिरहेको छ । आरामदायी, सुरक्षीत, स्टाइलिस र प्रविधिले भरिपूर्ण हुने यो कार ग्राहकले निकै मन पराउने कम्पनीले दाबी गरेको छ । 

कम्प्याक्ट सेडान कार अउरामा १।० टर्बो इन्जिन दिने जानकारी यसअघि नै दिइसकेको थियो । पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध गराउने अउरामा १.० टर्बो जिडिआई कपा डियुल भीटीभीटी पेट्रोलको अलावा १.२ कपा डियुल भीटीभीटी पेट्रोल र १।२ यू२ सिआरडीआई डिजेल इन्जिन दिइएको छ ।

यसमा दिइएको सबै इन्जिनले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको भएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक, १.० लिटर पेट्रोलमा म्यानुयल र १.२ लिटर डिजेलमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ । 


Back_to_top