टाटा मोटर्सले गत जनवरी २३ मा टाटा ह्यारीयर सार्वजनिक गरेको थियो भने हुन्डाईले क्रेटामा केही फिचर थपगर्दै जनवरी २१ मा सार्वजनिक गरेको थियो ।
भारतीय बजारमा बिगत ४ वर्षदेखि क्रेताले एसयूभी सेग्मेन्टमा आफुलाई अब्बल सावित गरिसकेको छ । तर, टाटाले आफ्नो नयाँ ह्यारीयरले प्रिमियम एसयूभी सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरेको छ ।
हामीले यी दुई मोडलबीच भएका समानता तथा भिन्नतालाई कलाउने प्रयास गरेका छौँ ।
डायमेन्सन
हुन्डाई–क्रेटाको लम्बाई ४२७० एमएम, चौडाई १७८० एमएम र उचाई १६३० एमएम रहेको छ । यसमा २५९० एमएमको ह्वीलबेश रहेको छ । दुबै कारको सिट क्षमता समान रहेको छ । यी दुबै एसयूभीमा ५ जनासम्म प्यासेन्जरले आरामदायी यात्रा गर्न सक्नेछन् ।
उता टाटा ह्यारिएरको लम्बाई ४५७५ एमएम, चौडाई १९५० एमएम र उचाई १६८६ मिमि रहेको छ । यसमा २७९० मिमिको ह्वीलवेश र २०० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । ह्यारीयरको ह्वीलवेस क्रेटाभन्दा २०० एमएमले बढी रहेको छ ।
इन्जिन
हुन्डाई क्रेस्टा फेसलिफ्टमा १.६ लिटर पेट्रोल इन्जिन दिएको छ । यसले १२१ बीएचपी पावर उत्पादन गर्छ । साथै, १.६ लिटर सीआरडीआई डिजेल इन्धन दिएको छ । यसले १२६ बीएचपी पावर दिन्छ । दुबैको इन्जिनले सिक्स–स्पीड म्यानूअल तथा अटोमेटिक ट्रान्समिसन दिएको छ । क्रेटा नेपाली बजारमा निकै लोकप्रिय एसयूभीमा पर्छ ।
टाटा ह्यारीयरमा २.० डिजेल इन्जिन लगाइएको छ । यसले अधिकतम् १३८ बीएचपी पावर र ३५० एनएम–टर्क उत्पादन गर्ने गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल र अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।
माइलेज
पेट्रोल भेरियन्टअन्तर्गत हुन्डाई–क्रेटाले प्रतिलिटर १५.३ किलोमिटरको माइलेज प्रदान गर्छ भने, डिजेल भेरियन्टले प्रतिलिटर २१.४ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । टाटा ह्यारीयरले प्रतिलिटर १६.० किलोमिटरको माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।
मूल्य
हुन्डाई क्रेटाको वेस भेरियन्टको मूल्य ९ लाख ५० हजारबाट सुरु हुन्छ भने टप–भेरियन्टको मूल्य १५ लाख ६३ हजार भारु रहेको छ ।
टाटा ह्यारियरको मूल्य भने १२ लाख ६९ हजार भारुबाट सुरु हुने छ भने टप भेरियन्टको १६ लाख २५ हजार भारुसम्म तोकिएको छ ।
विशेषता
हुन्डाई क्रेटामा रियर एसी–भेन्ट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हाइट एड्जस्टेबल ड्राइभर–सिट, पावर–ओपरेट ओआरभीएम, ब्लू–टूथ कनेक्टिभिटी, एप्पल कार–प्ले, एन्ड्रोइड अटो नेभिगेसन सिस्टम, रियर–वाइपर र वासर, पुस स्टार्ट–वटमलगायतका विशेषता दिइएको छ । आईएओ–फिक्स, रिभर्स पार्किङ्ग सेन्सर, डे–नाइट आरभीएमलगायतका विशेषता उपलब्ध छन् ।
टाटा ह्यारीयरमा ८.८ इन्चको टचस्क्रिन इन्फोटेमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, पार्ट डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, जेबीएल साउन्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रिभर्स क्यामरा जस्ता फिचर दिइएको छ ।

