यामाहाको बहुप्रतिक्षित एमटी–१५ भारतीय डिलर नेटवर्कमा पुगेको छ । यद्यपी कम्पनीले यसको आधिकारीक बिक्री वितरण भने मार्चबाट मात्रै गर्ने अनुमान गरिएको छ ।
गत जनवरी २१ मा नै सार्वजनिक गर्ने अनुमान गरिएको बाइकलाई कम्पनीले दुई महिना पछाडि सार्दै एबीएससहितका चार मोडल एफजेड एफआई भी–३, एफजेडएस–एफआई भी–३, एफजेड २५ र फेजर २५ सार्वजनिक गरेको थियो ।
अब भने यामाहाको इन्ट्रिलेवल नेकेड बाइक एमटी १५ तयार भएको छ । एमटी-०९ बाट प्रेरीत रहेर एमटी–१५को डिजाइन गरिएको छ । जसका कारण यस मोटरसाइकलको डिजाइन युनिक देखिन्छ ।
यसमा फुल एलइडी बगआई हेडल्याम्प दिइएको छ । बाइकमा प्रयोग गरिएको डिजिटल क्लस्टर यामाहा आर १५ भि३ बाट लिइएको छ ।
३७ एमएमको यूएसडी र्फोक प्रिलोड एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २६७ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ ।
एमटी-१५ नेकेड बाइकमा सिंगल पिस ह्यान्डल बार दिइएको छ भने, लोवर सिट हाइट रहेको छ, जसले राइडिङलाई सहज बनाउछ ।
एमटी(१५ को लम्बाई १९५५ एमएम, चौडाई ७९५ एमएम, उचाई १०६५ एमएम र ह्वीलबेस १३५० एमएम रहेको छ । एमटी-१५ को ग्राउन्ड क्लियरेन्स पनि उच्च रहेको छ ।
बाइकमा १५५ सीसी, सिंगल सिलिन्डर एसओएचसी इन्जिन दिइएको छ । जसले १९.५ एचपी पावर र १५ एनएम टर्क उत्पादन गर्छ ।
भारतीय बजारमा एमटी–१५ को मूल्य १ लाख १५ हजारको हाराहारीमा पर्ने अनुमान गरिएको छ । यस बाइकले हालै मात्र सार्वजनिक भएको केटीएम डुक १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।
भारतीय बजारमा सार्वजनिक भएको केही समयमा नै एमटी १५ नेपाली बजारमा उपलब्ध हुने छ । यसको नेपाली बजारमा करिब ३ लाख ५० हजार रुपैयाँ हाराहारीमा मूल्य रहने छ ।

