यस्तो बन्ने छ नयाँ २०१९ हुन्डाई क्रेटा, फिचर र विशेषतासहित

सन् २०१५ मा निर्माण भएको कम्प्याक्ट एसयूबी हुन्डाई क्रेटा लगातार लोकप्रियता हासिल गर्न सफल मोडलअन्तर्गत पर्छ । 

भारतीय बजारमा अहिले पनि क्रेटा प्रतिमहिना औसत १० हजार यूनिट बिक्री भइरहेको छ । क्रेटा भारतीय बजारमा राम्रो पडक लिने दोस्रो एसयूभीअन्तर्गत रहेको छ । तर, सेल्सको नम्बर हेर्ने हो भने यो भारतमा सबैभन्दा धेरै बिक्री भएको एसयूभी हो । 

पछिल्लो सयम हुन्डाई मोटर कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्ना मोडलको उपस्थिति बलियो बनाउँदै लगिरहेको छ । भारतबाट हुन्डाईले क्रेटा ब्राजिल र दक्षिण कोरियाली बजारमा समेत स्पोर्ट भेरियन्टको निर्यात गर्दै आइरहेको छ । 

क्रेटाको लोकप्रियताबाट उत्साहित कम्पनीले यसलाई नयाँ हट अवतारमा निर्माण गरिरहेको बुझिएको छ । मिडिया रिपोर्टकाअनुसार २०१९ हुन्डाई क्रेटा स्पोर्टमा नियमित ब्ल्याक कलरलाई परिवर्तन गर्दै नयाँ कलर भेरियन्टको विकल्प दिने भएको छ । साथै, ब्ल्याक फ्रन्ट ग्रिल, ग्लोजी ब्ल्याक स्किड प्लेड, ब्ल्याक फिनिसिङ विङ्ग्स मिरर तथा न्यू डिजाइन १७ इञ्च एलोय ह्वीलजस्ता आधुनिक विशेषता दिइएको छ । 

यसको रियरमा शार्क फिन एन्टिना, एकीकृत स्पोइलर, रुफ रेल्स र स्किड प्लेट लगाइएको छ ।  ब्राजिलका लागि उत्पादित हुन्डाई क्रेटामा स्पोर्ट २.० लिटरमा फ्लेक्स इन्धनको प्रयोग गरिएको छ । 

पेट्रोल भ्यारियन्टअन्तर्गत यो इञ्जिनले १५६ हर्ष पावरमा तथा १८७.३१ एनएम टर्क उत्पादन गर्छ भने, १६६ बीएचपी पावरमा २०१ एनएम टर्क उत्पादन गर्छ । इन्धनमा ६ स्पीड म्यानूअल ट्रान्समिसन लगाइएको छ । हुन्डाई क्रेटाले महिन्द्रा एक्सयूबी ५०० तथा जीप कम्पाससँग प्रतिस्पर्धामा गर्ने आँकलन गरिएको छ । 


Back_to_top