यामाहा आर-१५ लाई टक्कर दिन सुजुकीले आर-१५० ल्याउँदै

सुजुकी टु हुवीलर्सले जीएसएक्स-आर १५० रेसिङ एडिसनको फोटो सार्वजनिक भएको छ । कम्पनीले यो वाइकलाई बजारमा बिक्रीको लागि सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको समयमा बाइकको तस्विर बाहिर आएको हो ।

कम्पनीले आफ्नो स्थापना दिवसको अवसर पारेर यो नयाँ रेसिङ एडिसनको बाइक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सेतो र निलो कलरमा नयाँ क्लासिक रेसिङ एडिसनलाई सुजुकीले बजारमा उतार्न लागेको हो । यसमा १५० सीसी क्षमताको सिंगल सिलिन्डर आएआई इन्जिन दिइएको छ । जसले १९.३ पिएस पावर र १४.७ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड गियरबक्स दिइएको यो बाइक पावरको हिसावले हेर्दा यामाहा आर १५ सँग सिधा प्रतिस्पर्धा गर्ने छ । तर, तौलमा आर १५ भन्दा यसको तौल ५ किलोग्राम कम रहेको छ । 

यस बाइकको डाईमेन्सन २०२० एमएम लम्बाई रहेको छ भने, चौडाई ७०० एमएम र उचाई भने १०७५ एमएम रहेको छ । यसमा एलइडी लाईट, डिजिटल इन्स्ट्रुमेन्ट प्यान, फ्रन्ट तथा रियमा डिस्क, एबीएस जस्ता फिचर रहेका छन् । 

यो बाइकलाई कम्पनीले भारतीय बजारमा ल्याउने वा नल्याउने भन्ने विषय टुङ्गो नलागि सकेको कम्पनीले जनाएको छ । यदी यो बाइक भारतीय बजारमा आएन भने नेपाली बजारमा समेत आउने छैन । 


Back_to_top