काठमाडौं । केहि दिन अघि आफ्नो सफल मोडल क्रेटाको फेसलिफ्ट मोडल भारतमा सार्वजनिक गरेको हुन्डाईले क्रेटाको एन लाइन मोडल पनि ल्याउने भएको छ । कोरियन अटोमोवाइल निर्माताले क्रेटा एन लाइनको प्याटेन्ट दर्ता गरेको हो ।
हुन्डाईले स्पोट्स ओरियन्टेड एन लाइन क्रेटाको लागि दर्ता गरेको प्याटेन्ट इमेज बाहिर आएको हो । क्रेटाको रेगुुलर डिजाइनभन्दा केहि फरक देखिने एन लाइनमा हेडलाइट र डीआरएल उस्तै भएता पनि यसको ग्रिलमा भने परिवर्तन भएको देखिन्छ ।
यसको अगाडि बम्परमा पनि ठूलो साइजको एयर इन्टेक दिएको छ । यसमा के्रटाको रेगुलर साइजको १६ र १७ इन्चको ह्वीलको सट्टामा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ । एन लाइनको रियरमा पनि सामान्य परिवर्तन भएको देखिन्छ ।
इन्टेरियरमा रेड कलरको एसेन्ट्स प्रयोग गर्दै आएको हुन्डाइले क्रेटा इन लाइनमा पनि निरन्तरता दिनेछ । साथै, सिट लगायतका विभिन्न स्थानमा एन लाइनको व्याजिङ दिइने छ ।
कम्पनीले एन लाइन मोडल केबल १.५ लिटर टर्बो इन्जिनमा उपलब्ध हुनेछ । यसमा रहने इन्जिनले अधिकतम १६० हसपार्वर प्रदान गर्नेछ भने, डीसीटी अटोमेटीक गियरबक्स रहनेछ ।
हुन्डाईले क्रेटा एन लाइन फब्रुअरी वा मार्चसम्ममा लन्च गर्ने तयारी गरेको बताइन्छ ।

