काठमाडौं । हुन्डाई मोटरको उत्पादन नेपाली बजारमा निकै राम्रो बिक्री वितरण भइरहेको छ । कम्पनीले ११ मोडलका ह्याचव्याक, सेडान, एसयूभी र इलेक्ट्रीक गाडी बिक्री वितरण गर्दै आएको छ ।
प्राय सबै गाडीले आफ्नो सेग्मेन्टमा उच्च बिक्री हासिल गर्न सफल भएको छ । त्यसमध्यपनि कम्पनीले बिक्री वितरण गर्दै आएको क्रेटा, आई २० एक्टीभ, ग्राण्ड आई १०, भेन्यू र सेन्ट्रोले आफ्नो व्यापार निकै उत्कृट गरिरहेको छ ।
नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सेन्ट्रो, ग्रान्ड आई १०, एक्सेन्ट, आई २० इलाइट, भर्ना, भेन्यू, क्रेटा, टुसान, सान्ताफे र कोना मोडलका बिभिन्न भेरियन्टको बिक्री वितरण गर्दै आएको हाे ।
कम्पनीले बिक्री गर्दै आएको सबैभन्दा सस्तो कार सेन्ट्रो हो । जसको सुरुवाति मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने, सबैभन्दा महंगो मोडल सान्ताफे हो । यसको मूल्य १ करोड ४५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
सेन्ट्रो
कम्पनीले बिक्री वितरण गर्दै आएको सेन्ट्रो बी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मध्यको एक कार हो । सेन्ट्रो आफ्नो सेगमेन्टमै पहिलो टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । त्यस्तै अल न्यू सेन्ट्रोमा पार्किङ सेन्सर सहितको रियर क्यामेरा, रियर एसी भेन्ट, इलेक्ट्रोनिकल्ली कन्ट्रोल्ड एक्सटेरियर मिररलगायत सुरक्षा विशेषता समेत रहेको छ ।

नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डियुल एयरब्याग, लोड लिमिटर, स्पीड–सेन्सीङ डोर लक लगायतका फिचरहरु रहेका छन् ।
नयाँ सेन्ट्रोमा १.१ लिटर फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसले ६९ पीएस पावर र ९९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पीड म्यानुअल गियरबक्स दिइएको छ । हुन्डाईले सेन्ट्रोलाई पहिलोपटक एएमटी ट्रान्समीसनमा समेत ल्याएको छ ।
ग्रान्ड आई १०
हुन्डाईको ग्रान्ड आई १० नेपालमा धेरै बिक्री भएको मध्यको एक कार हो । बजारमा आएदेखि अहिलेसम्म ६ हजारभन्दा बढी ग्रान्ड आई १० बिक्री भइसकेको हाम्रो अनुमान छ ।
आर्कषक लुक्स र बनावट भएको ग्रान्ड आई १० अहिले पनि यो सेगमेन्टमा सर्वाधिक बिक्री हुने मध्यको कार हो । बजारमा यसले मारुती सुजुकी स्वीफ्ट, टाटा टियागोको टप स्पेकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

हुन्डाई ग्रान्ड आई–१० मा १.२ लिटर कापा पेट्रोल इञ्जिन लगाइएको छ, जसले ८१ बीएच पावरका साथै ११४ न्यूटन मिटर टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा ५ स्पीड म्यानूअल गियरक्स दिइएको छ भने ४ स्पीड अटोमेटिक ट्रान्समिसन पनि दिइएको छ ।
आई २० एक्टीभ
हुन्डाईको क्रसओभर कार आई २० एक्टीभ नेपालमा निकै बिक्री हुने कारमा पर्छ । यो सेग्मेन्टमा अन्य कुनै कम्पनीको ठूलो प्रतिस्पर्धी नहुनु यसको बिक्रीको मुख्य कारण हो । कम्पनीले सन् २०१८ मा यसको फेसलिफ्ट मोडल ल्याएसँगै यसको बिक्री अझै बढेको हो ।

यो कारमा १.२ लिटर क्षमताको कापा पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ विएचपी पावर दिन्छ । ७.० इन्चको इन्फोटेन्डमेन्ट सिस्टम, आर्कमी साउन्ड सिस्टम र एन्ड्रोयड बेस रिमोटले कारलाई निकै रिच देखाएको छ । भने पहिलो पटक यो सेग्मेन्टको कारमा कम्पनीले अडेप्टिभ इसिएम डिस्प्ले र रियर क्यामेरा जडान गरेको छ ।
सुरक्षाकोलागि एबीएस, ड्राइभर र प्यासेन्जर दुबै साइडमा एयरब्याग दिइएको छ । यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ ।
हुन्डाई आई २० एक्टीभको एस भेरियन्ट नेपाली बजारमा बिक्री भइरहेको छ । यसको मूल्य ३८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
हुन्डाई भेन्यू
बजारमा सर्वाधिक चर्चामा रहेको होन्डाईको पछिल्लो सब फोर मिटर एसयूभी भेन्यू २ महिना अगाडि नेपाली बजारमा सार्वजनिक भएको हो । कम्पनीले यसलाई चलिरहेको चाडपर्वको अवशरमा निकै राम्रो बिक्री गरिरहेको छ ।
बजारमा चर्चित प्रतिस्पर्धी ब्रेजा, इको स्पोर्ट, नेक्सन र एक्सयूभी ३०० लाई कडा टक्कर दिदै उसले आफ्नो स्थान बनाउन सफल भएको हो ।

भेन्यू तीन इन्जिन अप्सनमा बजारमा पाउन सकिन्छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु यसमा रहेको छ । साथै, हुन्डाईको ब्लूलिंक टेक्नोलोजीले भेन्यू चर्चित रहेको छ ।
हुन्डाई क्रेटा
बजारमा सार्वजनिक भएदेखि नै क्रेटाले आफ्नो स्थान सुरक्षीत गरेको थियो । उक्त सेग्मेन्टमा अन्य गाडी नहुनु र कोरियन कम्पनीले निकै फिचरप्याक क्रेटा बजारमा ल्याएसँगै यसको बिक्री उच्च थियो ।
त्यसपछि २०१८ हुन्डाई क्रेटा फेसलिप्ट ल्याएसँगै यसको व्यापारले झनै गति लियो । यसमा नयाँ क्यासकेड ग्रिलको साथै क्रोम बेजल लगाइएको छ भने नयाँ बम्पर तथा डबल टोन फिनिश, स्किड प्लेट्स लगाइएको छ ।

कारमा भएको पुरानो फग ल्याम्पलाई परिमार्जन गरिएको छ । कारमा वाइफंक्शनल प्रोजेक्टर हेडल्याम्स, पोजिशनिंग ल्याम्प, एलइडी साइड इन्डिकेटर्स, १७ इन्च डायमण्ड कट एलाय ह्वील्स तथा शर्क फिन एन्टेना जस्ता फिचर्समा परिर्वतन गरिएको छ । कम्पनीले कारमा स्मार्ट इलेक्ट्रीक सनरुफ तथा ६ वे पावर ड्राइभर सिट जस्ता विशेषता दिएको छ ।
यसका अलवा कारमा स्पीड सेसिंग अटो डोर लक, स्लाइडिंग फ्रन्ट आर्मरेस्ट तथा हाइट एडजस्टेबल ड्राइभिङ सिटको प्रयोग गरेको छ । कम्पनीले कारमा क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रिन इन्फोनेन्ट सिस्टमको साथै एप्पल कार प्ले, एन्ड्रोइड अटो तथा मिरर लिंक दिएको छ ।
सुरक्षाको हिसाबले हुन्डाइले यो कारमा ६ एयर ब्याग दिएको छ । यसको अलवा सबै भेरियन्टमा डबल एयरब्याग तथा एबीएस पाउन सकिन्छ । हुन्डाई क्रेटामा १.६ लिटर पेट्रोल इन्जिन दिएको छ । यसले १२१ बिएचपी पावर उत्पादन गर्छ । साथै १.६ लिटर सिआरडीआई डिजेल इन्जिन दिएको छ । यसले १२६ बिएचपी पावर दिन्छ । दुबैको इन्जिनमा ६ स्पीड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दिएको छ ।
उसो त कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको इलेक्ट्रीक कार कोना पनि निकै रुचाइएको कारमा पर्छ ।


