होन्डाको भारतीय र नेपाली बजारमा सर्वाधिक बिक्री हुने १२५ सीसी क्षमताको होन्डा सीबी साइन १२५ नयाँ इन्जिनमा आउने भएको छ । कम्पनीले भारतीय प्रदुषण मापदण्ड अनुसार अपग्रेड गरेको उक्त मोटरसाइकलको इन्जिन डिटेल इन्डियन अटोवल्गले सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याउन लागेको प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनले पुरानोभन्दा केही बढी पावर प्रदान गर्ने छ । बीएस ४ मापदण्डको इन्जिनले १०.३१ पीएस प्रदान गर्नेमा नयाँ इन्जिनले १०.८८ पीएस पावर प्रदान गर्नेछ ।
नयाँ होन्डा सीबी साइनको साइज पुरानोको तुलनामा केही ठूलो हुने छ । बाइकको लम्बाई पुरानोको तुलनामा ८ एमएम धेरै हुने छ भने चौडाई २३ एमएम र उचाई १३ एमएमले बढी हुने छ ।
नयाँ बाइकको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम र उचाई ११०३ एमएम रहने छ । ४ स्पीड गियरबक्समा आउने सीबी साइनलाई कम्पनीले तिन भेरियन्टमा बजारमा ल्याउने छ ।
नेपाली बजारमा स्याकार ट्रेडिङले अहिले बीएस ४ मापदन्डका सीबी साइन मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले तिन भेरियन्टमा साइन बिक्री गर्दै आएको छ । कम्पनीले २ लाख १२ हजार ९०० देखि २ लाख ३३ हजार ९०० सय रुपैयाँ रहेको छ ।

