मारुती सुजुकी–टोयोटा सहकार्यमा कसलाई भयो फाइदा

पछिल्लो केही वर्षयता विभिन्न अटोमोबाइल कम्पनीबीच क्रश ब्याचिङ रणनीति चर्चामा आइरहेको छ । अटो उत्पादक कम्पनीहरुले एक अर्काको सहकार्यमा प्रडक्ट उत्पादन गर्नेरणनीतिलाई प्राथमिकताका साथ अवलम्बन गरिहेका छन् ।  

यसको मुख्य उद्देश्य सहकार्यमा लगानी र सहमतिमा व्यापार गर्नुु हो । यसको ताजा उदाहरण हो, टोयोटा र मारुती सुजुकी बीच भएको सहकार्य । उक्त सहकार्य बमोजिम मारुती सुजुकी बलेनो टोयोटाको लोगोमा ग्लान्जा नामबाट भारतमा बिक्री सुरु भयो ।

सहकार्यसँगै बलेनोको बिक्रीमा भारी गिरावट आएको छ । टोयोटाले ग्लान्जा बजारमा ल्याएसँगै बलेनोको व्यापार घटेको हो । यसैलाई आधार मानेर मारुती सुजुकीलाई घाटा भयो भन्ने मान्ने पनि छन् । तर, त्यसलाई दुबै कम्पनी मान्ने पक्षमा छैनन् । 

दुई कम्पनीले २०१७ मा प्रडक्टसँंगै अन्य टेक्नोलोजी उत्पादन गर्ने सहमति गरेका थिए । क्रस व्याचीङ रणनीति अनुसार सुजुकीको प्रिमियम ह्याचव्याक कार बलेनो टोयोटाको लोगोमा बजारमा आएको हो । सुजुकीले पनि टोयोटाको कोरोला सेडानलाई आफ्नो व्याचमा ल्याउने तयारी गरिरहेको छ ।

उसोत अन्तर्राष्ट्रिय बजारमा निसान–रेनो, फक्सवागन–स्कोडा, महिन्द्रा–फोर्ड जस्ता कम्पनीले पनि सहकार्य गर्दै आएका चन् । 

बाहिरबाट हेर्दा यी दुई कम्पनीको सहकार्यमा मारुती सुजुकीले धेरै गुमाए जस्तो देखिएको छ । तर, सुजुकीले सबै मोडलमा आएको गिरावट नै बजार हिस्सा घट्नुको मुख्य कारण बताएको छ । 

दुबै कम्पनीले भविष्यमा धेरै भन्दा धेरै मोडलमा काम गर्ने र नयाँ टेक्नोलोजिको विकासमा लागि पर्दै समान फाइदा लिन सक्ने विषयमा भने ढुक्क छन् ।


Back_to_top