डवल च्यानल एबीएससहित सार्वजनिक भयो यामाहा ‘एमटी १२५’

यामाहा मोटरसाइकलले एमटी सिरिजमा नयाँ मोटरसाइकल एमटी १२५ सार्वजनिक गरेको छ । कम्पनीले उक्त मोटरसाइकल यूरोपियन बजारबाट सार्वजनिक गरेको हो ।

यामाहाले मोटरसाइकल उत्पादनलाई निकै आक्रमक बनाउदै आएको छ । कम्पनीले एमटी सिरिजको एमटी १५ सार्वजनिक गरेको एक वर्ष पनि भएको छैन । अब एमटी २५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संभवत आगामी डिसेम्बरमा एमटी २५ पनि सार्वजनिक हुने छ । 

कम्पनीले एमटी १२५ लाई अक्टोबर १६ मा यूरोपियन बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यसअघि यूरोपियन बजारमा बिक्री गर्दै आएको एमटी १२५ को तुलनामा नयाँ एमटी १२५ विल्कुलै फरक रहेको छ । 

कम्पनीले एमटी १२५ मा सिग्नेचर एलइडी पाइलट ल्याम्प, वाइ फङ्गसनल एलइडी हेड ल्याम्प दिइएको छ । नयाँ एमटी १२५ मा दिइएको सस्पेन्सन, च्याचिस, ब्रेक र अन्य थुप्रै पार्टस एमटी १५ बाट लिइएको छ ।

कम्पनीले नयाँ एमटी १२५ मा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिएको छ । जुन भीभीए टेक्नोलोजीमा आधारित रहेको छ । ६ स्पीड गियरबक्समा आएको यो मोटरसाइकलमा दिइएको इन्जिनले अधिकतम पावर १४.७ बीएच र पिक टर्क १२.४ एनएम जेनेरेट गर्छ ।

एमटी १२५ को अगाडि इन्भटेड र पछाडि मोनोसक दिइएको छ । मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ भने डबल च्यानल एबीएसले मोटरसाइकलाई निकै सुरक्षीत बनाएको छ ।

१७ इन्चको अलोय ह्वील, फुल डिजिटल एलसीडी क्लस्टर, नेभिगेसन डिस्प्ले र आरामदायी स्प्लीट सिटले यो मोटरसाइकललाई निकै आकर्षक बनाएको छ ।  


Back_to_top