हाइवेको ९ स्थानमा हुन्डाईको निःशुल्क ‘चेकअप’ सुविधा

काठमाडौं । नेपालको लागि हुन्डाईको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई हाइवे एसुरेन्स’ कार्यक्रम संचालन गरेको छ । आजबाट सुरु भएको यो कार्यक्रम हाइवेकाे ९ स्थानमा सुरु भएकाे हाे । उक्त कार्यक्रम फुलपातीको दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा हुन्डाईका ग्राहकले हाइवेमा निःशुल्क गाडी चेकअप सुविधा पाउने छन् । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउन आफ्नो हुन्डाईका गाडी प्रयोग गर्नेहरुलाई घर जाँदा बाटोमा समस्या नआओस् भनेर फ्रि चेक अप क्याम्प राखेको जनाएको छ । यस कार्यक्रममा ग्राहकहरुले आफ्नो गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सीरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) मा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरेको जनाएको छ ।


Back_to_top