इन्स्टर इलेक्ट्रीक एसयूभीको ‘क्रस’ भेरियन्ट तयार

काठमाडौं । हुन्डाईले आफ्नो इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्स्टरलाई एड्भेन्चर रुप दिएको छ । कम्पनीले इन्स्टर क्रस नाम दिएर ल्याउन लागेको इलेक्ट्रीक एसयूभीको फिचरहरुको बारेमा जानकारी बाहिर आएको हो ।

कम्पनीले सानो एसयूभीलाई निकै एड्भेन्चर देखिने बनाउन रुफ र्याकको प्रयोग गरेको छ भने बडी किटको पनि ब्यापक प्रयोग गरेको छ । यसको टेलगेटलाई पनि किटको प्रयोगबाट एड्भेन्चर लुक्स प्रदान गरिएको छ ।

गत जुन महिनामा कोरियामा बिक्री सुरु भएको इन्स्टर इलेक्ट्रीक एसयूभीको सफलतासँगै कम्पनीले यसको एड्भेन्चर भेरियन्ट बजारमा ल्याउन लागेको हो । ठूलो साइजको बम्पर अगाडि र पछाडि नै प्रयोग भएका छ । कम्पनीले ओभर साइजको स्कीड प्लेट र बडी क्लाडिङ प्रयोग गरेको छ ।

कम्पनीले फरक डिजाइनको ह्वील यसमा दिएको छ । रेगुलर मोडलमा १६ इन्चको ह्वील दिइएकोमा एड्भेन्चर एडिसनमा १७ इन्चको ह्वील रहनेछ ।

हुन्डाई इन्स्टरको लम्बाई ३८२५ एमएम छ । यसको ह्वीलवेस २५८० एमएम लामो छ । इन्स्टरलाई हुन्डाईले दुई ब्याट्री अप्सन र दुई मोटरको साथ बजारमा ल्याएको छ ।

यसको इन्ट्री लेभल भेरियन्टमा ७० किलोवाट क्षमताको फ्रन्ट माउण्टेड मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ४२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसको रेन्ज ३०० किलोमिटर रहने छ ।

यसको टप भेरियन्टमा ११३ हर्सपावर दिने ८५ किलोवाटको मोटर छ । टप भेरियन्ट इन्स्टरमा ४९ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिनेछ ।

नयाँ इन्स्टर क्रस मोडलको बिक्री यहि वर्षको अन्तिमबाट कोरियामा सुरु हुनेछ । चाँडै नेपाल आउने तयारी गरिरहेको इन्स्टर २०२५ को सुरुवातबाट नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top