काठमाडौं । हुन्डाईले आफ्नो फ्ल्यागसिप इलेक्ट्रीक एसयूभी आयोनिक-९ को बिक्री अमेरिकाबाट सुरू गरेको छ । कम्पनीले अमेरिकाको जर्जिया राज्यबाट पहिलो आयोनिक-९ ग्राहकलाई हस्तान्तरण गरेको हो ।
हुन्डाई आयोनिक-९ को डिजाइन निकै बोल्ड र एरोडायनामिक्स छ । अल्ट्रा फास्ट चार्जिङ फिचर समेत उपलब्ध एसयूभी बहुप्रतिक्षित मोडल हो । ‘टेक फरवार्ड इन्टेरियर’ रहेको आयोनिक-९ को ईपीए रेन्ज ५४० किलोमिटर छ ।
हुन्डाईले आफ्नो प्रिमियम इलेक्ट्रीक एसयूभीको इन्ट्री भेरियन्टमा १६० किलोवाट पीकपावर भएको रियर ह्वील ड्राइभ मोटर दिएको छ । त्यस्तै, अल ह्वील ड्राइभ एसई भर्सनमा २२६ किलोवाट र अल ह्वील ड्राइभ पर्फमेन्स भर्सनमा ३१४.६ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ ।
अमेरिकी बजारमा ६० हजार ५५५ डलरदेखि ७८ हजार ९० डलरसम्म मूल्य तोकेर बिक्री सुरू भएको आयोनिक-९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले ३५० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।
अहिले डेलिभरी सुरू भएको आयोनिक-९ हुन्डाई मोटर ग्रुपले अमेरिकामा रहेको मेटा प्लाण्टमा उत्पादन गरेको हो ।
कहिले आउँछ नेपाल ?
हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-९ नेपाल पक्कै ल्याउने छ । प्रिमियम एसयूभी सेग्मेन्टमा उपलब्ध आयोनिक-९ फिचर लोडेड एसयूभी भएको कारण पनि नेपाल आउने छ ।
खासगरी १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध भएको कारण राजश्वको हिसाबले पनि प्रिमियम एसयूभी नेपाल आउने मोडलमा पर्छ । सम्भवतः सन् २०२५ को अन्तिमसम्ममा आयोनिक-९ नेपाली बजारमा प्रवेश गर्ने अनुमान गर्न सकिन्छ ।

