काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आफ्नो नयाँ शोरुम रुपन्देहीको भैरहवामा संचालनमा ल्याएको छ । कम्पनीको उक्त शोरुम जगत मोटर प्रालिले संचालनमा ल्याएको हो ।
नयाँ शोरुम आज माघ १५ गते मंगलवारबाट संचालनमा आएको जगत मोटर प्रालिले जानकारी दिएको हो । यस शोरुमबाट तत्काल हुन्डाईका बिभिन्न ६ मोडलका गाडीहरु बिक्री वितरण हुने छन् । पछि क्रमिकरुपमा अन्य मोडलहरु थपिदै जाने जनाइउको छ ।

हुन्डाईको अन्तर्राष्ट्रिय मापदन्ड अनुरुप तयार गरिएको यस शोरुमको उद्घाटन लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिका कार्यकारी निर्देशक निराकार श्रेष्ठले एक समारोहकाबीच आज गर्दैछन् ।
हुन्डाईको सेल्स, सर्भिस र स्पेयरपार्ट (थ्री एस) सेवा प्रदान गरिने यो शोरुमबाट हुन्डाईका गाडी खरिद गर्न चाहने ग्रहकले उत्कृष्ट सेवा पाउने कम्पनीले जानकारी दिएको छ ।
अहिले उक्त शोरुमबाट ग्रान्ड आई–१०, भर्ना, एक्टीभ आई–२०, इलाईट आई–२०, एक्सेन्ट र क्रेटा मोडलका बिभिन्न भेरियन्ट ग्राहकले खरिद गर्न सक्ने छन् ।
नयाँ शोरुम भैरहवाको महेन्द्र सभा गृह अगाडि रहेको छ ।


