फ्रान्सको अटोमोबाइल कम्पनी प्यूजोले चीनमा आफ्नो सव–कम्प्याक एसयूभी २००८ को न्यू जेनेरेशनमा मोडल प्रदर्शन गरेको छ । उक्त मोडललाई कम्पनीले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘२०१९ फ्राङ्गफट मोटर शो’ मा सार्वजनिक गर्ने तयारी गरेको छ ।
अटो एक्सप्रेशकाअनुसार यो एसयूभी पीएसएको नयाँ सीएमपी चेसिसमा आधारित छ । यस्तै, नयाँ अवधारणामा आधारित ‘२०१९ प्यूजो २००८’ जेनेभा मोटर शोमा सार्वजनिक हुने आँकलन गरिएको छ ।
यसको तौल पुरानो जेनेरेशनको २००८ मोडलभन्दा ४० किलोग्राम कम रहेको कम्पनीले जनाएको छ । पीएफ–१ प्लाटफर्ममा आधारित यो मोडलको पहिलो संस्करण २०१३ को जेनेभा मोटर शोमा सार्वजनिक भएको थियो ।

प्यूजो २००८ मा १.२ लिटर प्योर–टेक पेट्रोल इन्जिन लगाइएको छ । यसले ८५ बीएचपीदेखि १३० बीएचपीसम्म पावर उत्पादन गर्छ । यसकासाथै यसमा १.५ लिटर ब्लू–एचडीआई डिजेल इन्जिन लगाइएको छ ।
फ्रन्ट–ह्वील ड्राइभ २००८ को हाई भेरियन्टमा अइट–स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ भने इन्ट्री–लेभल भेरियन्टमा सिक्स–स्पीड म्यानूअल ट्रान्समिसन लगाइएको छ । चिनीयाँ बजारमा भने यो मोडलले हुन्डाई क्रेटासँग प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
नेपाली बजारमा करिब एक वर्षअघि प्रवेश गरेका प्यूजोले राम्रै व्यापार गरिरहेको छ । नेपालका लागि प्यूजोको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले प्यूजोको एसयूभी २००८, ३००८ र प्यूजो सेडान ५०८ लगायतका मोडलहरू बिक्री गरिरहेको छ ।


