कर बढेसँगै नेपाल आयो टेक फिचर र मोर्डन डिजाइनको नयाँ एसयूभी

काठमाडौं । टेक फिचरको आधारमा लोडेड र डिजाइन अनुसार निकै मोर्डन लाग्ने अवतार-०७ नेपाल आइपुगेको छ । एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले नेपाल ल्याएको अवतार-०७ छिट्टै बिक्री सुरू हुने भएको हो ।

नेपाल सरकारले बजेट मार्फत ईभीको कर हेरफेर गरेको समयमा आएको अवतार-०७ को मूल्य कति पर्छ भन्ने एकिन भइसकेको छैन । छिट्टै मूल्य घोषणा हुने बताइएको एसयूभी एड्भान्स टेक्नलोजी र इनोभेटिभ डिजाइनको कारण चीनमा पनि चर्चा कमाएको मोडल हो ।

चीनमा बिक्री सुरू भएको पहिलो २० घण्टामै ११ हजार ६७३ युनिट बुकिङ पाएको थियो । यसअघि कम्पनीले ल्याएको अवतार-११ भन्दा फरक देखिएको अवतार-०७ को रुफलाइन केही फ्ल्याटर रहेको छ । यसमा कार्गो स्पेस पनि वृद्धि भएको छ ।

अवतार-०७ को ड्यासबोर्डमा १५.६ इन्च स्क्रीन र फरक डिजाइनको स्टेयरिङ ह्वील दिइएको छ । एसयूभीमा प्रयोग भएको ३५.४ इन्चको स्लीम स्क्रीनले पछाडि बस्ने प्यासेन्जरलाई समेत इन्टरटेन्मेन्ट दिलाउनेछ ।

जिरो ग्राभिटी सिट, मेरिडीयन अडियो सहितको २५ वटा स्पिकर भएको एसयूभी लगभग थ्रिएटरको मज्जा लिन सक्नेगरी तयार पारिएको छ ।

अवतार-०७ एसयूभी ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । चीनमा अल ह्वील ड्राइभ सिस्टम र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी नेपाल कुन ड्राइभिङ सिस्टममा आएको हो खुलाइएको छैन ।

सिंगल रियर ह्वील ड्राइभमा २५२ किलोवाटको मोटर छ । उक्त मोटरले अवतार-०७ लाई जम्मा ६.३ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गति दिन सक्छ ।

सीएटीएलको समेत लगानी रहेको ब्राण्डमा उसैले बनाएको ८२.१६ किलोवाट आवरको सेन्सिङ ब्याट्री दिइएको छ । फोरसी फास्ट चार्जर सपोर्ट गर्ने एलएफपी ब्याट्रीलाई मात्र २० मिनेटमा शून्य बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

अवतार-०७ को लम्बाइ ४८२५ एमएम, चौडाइ १९८० एमएम र उचाइ १६२० एमएम छ । यसको ह्वीलबेस भने २९४० एमएम लामो छ । यसको फ्रन्ट लुक्स अन्य मोडलको जस्तै डबल लेयर्ड एलइडी डीआरएलले उत्कृष्ट देखाएको छ । लुकिङ ग्लासको स्थानमा क्यामेरा प्रयोग भएको छ ।


Back_to_top