हुन्डाईले खोल्यो वीरगंजमा नयाँ शोरुम, थ्रीएस सेवा पाइने

काठमाडौं । हुन्डाईले वीरगंजमा सुविधा सम्पन्न थ्रीएस’ सुविधासहितको शोरुम संचालनमा ल्याएको छ ।

वीरगंजको त्रिमुर्तीचोक श्रीपुरमा स्थापना गरिएको शोरुमको उद्घाटन नेपालका लागि हुन्डाई कारको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र वीरगंजका डिलर अर्किड मोटोकर्पका विन्देश्वर साहले संयुक्त रुपमा गरेका हुन्। 

१२ हजार वर्गफिटमा रहेको शोरुमले एकै थलोमा सेल्स, सर्भिस सेन्टर र स्पेयर्सस पार्टको सुविधा दिने छ । अब हुन्डाईको नेपालभर रहेका शोरुमको संख्या १७ पुगेको छ ।

करिब अढाई करोड रुपैयाँमा बनेको यो शोरुम हुन्डाईको अन्तर्राष्ट्रिय मापदन्ड अनुसार निर्माण गरिएको जनाइएको छ । हुन्डार्इले अन्य पाँच स्थानमा चाँडै शाखा खोल्ने योजना बनाएको छ । 


Back_to_top