हुन्डाई मोटरले नोभेम्बर २८ मा सार्वजनिक गर्ने घोषणा गरेको लग्जरी एसयूभी ‘पालीसेड’को तस्बिर लन्च हुनपूर्व नै लिक भएको छ । कम्पनीले आधुनिक विशेषता समेटिएको लग्जरी एसयूभीलाई ग्लोबल मार्केटमा ल्याउने तयारी गरेको ओ । यो एसयूभीमा सान्ता फेकोभन्दा बढी–स्पेश रहेको छ ।
एसयूभीमा भी–६ इन्जिनकासाथै २.२ लिटर डिजेल इन्जिन उपलब्ध छ । पफर्मेन्स बेस्ट मोडलमा ३.३ लिटर भी–६ इन्जिन लगाइएको छ । यसले ३६५ बीएचपी पावरकासाथै ५१० एनएम–टर्क उत्पादन गर्छ । नयाँ फ्लेगशिप एसयूभीमा आठ–स्पीड गिएयर बक्सको साथ अलह्वील ड्राइभ अप्शन प्रदान गरिएको छ ।
साथै, कम्पनीले यसको हाइब्रिड भेरिएन्टसमेत सार्वजनिक गर्ने योजना बनाएको छ । हाइब्रिड मोडलमा उपलब्ध भी–६ इन्जिनले २७० एचपी पावरका उत्पादन गर्नेछ । यो फ्लेगशिप एसयूभीमा ३६० डिग्री क्यामरा, इलेक्ट्रीकल्ली फोल्डिङ्ग थर्ड–सिटजस्ता आधुनिक विशेषता दिइएको छ ।


