एसएमएल इसुजु गाडीहरु नेपाली बजारमा, गोल्डफिस इन्टरनेसनल आधिकारीक बितरक

काठमाडौं । एसएमएल इसुजु इन्डियाले गोल्डफिस इन्टरनेसनलसँग साझेदारीको घोषणा गरेको छ ।

सो अनुसार गोल्डफिस इन्टरनेसनल अब नेपालका लागि एसएमएल इसुजु सवारी साधनको आधिकारिक विक्रेता भएको नियुक्त भएको छ ।

एसएमएल इसुजुका प्रतिनिधिले काठमाडौं आयोजित एक विशेष समारोहका बीच लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ ।

यस सम्झौतासँगै गोल्डफिस इन्टरनेसनल प्रालिले अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारी साधन व्यवसायमा प्रवेश गरेको बताएको छ ।

गोल्डफिस इन्टरनेसनल लक्ष्मी समूह अन्तर्गतको एक सहायक संस्था हो ।

प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्रीएस सेवा र एक टुएस सेवा सुविधा शुरु गर्न गइरहेको बताएको छ ।

त्यसैगरी पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक टुएस सुविधा, पाँचखालमा एक टुएस सुविधा र धादिङमा एक टुएस सुविधा शुरु गरिने जनाएको छ ।

आगामी दिनमा उक्त सेवाहरु इटहरी, त्रिशुली, दाङ, हेटौँडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गरिने भएको कम्पनीले बताएको छ ।

गोल्डफिश इन्टरनेसनलले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि १ लाख स्क्वायर फिटमा नैकापको गुर्जुधारामा एसएमएल इसुजु फ्ल्यागसिप थ्रीएस सेन्टर को निर्माण गरिरहेको छ ।

एसएमएल इसुजुले ३३ वर्षदेखि व्यवसायिक प्रयोजनको लागि गाडी उत्पादन गर्दै आएको छ ।


Back_to_top