महिन्द्राको इलेक्ट्रिक केयुभी-१०० अर्को बर्ष बजारमा, यस्ता छन् बिषेशता

काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले केयुभी १०० को इलेक्ट्रिक भर्सन आगामी वर्ष बजारमा ल्याउने भएको छ । कम्पनीले इ–केयुभी१०० २०१९ को मध्य तिर सार्वजनिक गर्ने तयारी गरेको छ । यो कारको कन्सेप्ट २०१८ को अटो एक्सपोमा सार्वजनिक गरिएको थियो ।

महिन्द्रा एन्ड महिन्द्राका म्यानेजिङ डिरेक्टर पवन गोयनकाका अनुसार कम्पनीले इ-केयुभी आगामी वर्षको मध्यमा बजारमा ल्याउने छ । यो कारमा ३० केडब्लूको मोटर र लिथियम-इओन व्याट्री रहने छ । इ केयुभीमा पनि महिन्द्राको इ–भेरिटोमा जस्तै व्याट्री प्रयोग हुनेछ । तर नयाँ इ–केयुभीमा भने समयानुकुल अपडेटेड व्याट्री प्रयोग हुने छ । 

इ–केयुभी१०० ले फुल चार्जमा १ सय ४० किलोमिटर माइलेज दिने छ । यो कारमा फास्ट चार्जिङको सुविधा समेत हुनेछ । १ घण्टा भन्दा कम समयमा ८० प्रतिशत चार्ज हुनेछ । यो कारमा स्मार्टफोन कनेक्टिभिटी, क्याबिन प्रि–कुलिङ, लोकेसन ट्राकिङ लगायत विशेषता छन् ।


Back_to_top