काठमाडौं । कुनै पनि मोडल आउनु २ बर्ष अगाडिदेखि आफ्नो प्रडक्टको विषयमा जानकारी दिने गाडी उत्पादक कम्पनीले दक्षिण एसियाली बजारमा निकै प्रतिक्षा गरिएको सेन्ट्रोको बिषयमा भने कुनै जानकारी दिएको छैन । यद्यपी भारतीय बजारमा टेस्टिङको समयमा भने गाडी देखिएको भारतीय मिडिया रसलेनले तस्विरसहित समाचार लेखेको छ ।
विषेश गरेर भारतीय र नेपाली बजारमा दक्षिण कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाईको उत्कृष्ट मोडल हो सेन्ट्रो । भारतीय बजारमामा हुन्डाईको प्रवेश हुँदा उसँग सेन्ट्रो कार थियो र सार्वजनिक भएको छोटो समयमा निक्कै लोकप्रिय भएको थियो ।
हुन्डाईले आफ्नो अर्को चर्चित मोडल आइटेनको उत्पादनसमेत बन्द गरेको छ । त्यसको मुख्य रहस्य आगामी सेन्ट्रो करिब त्यही अवतारमा आउनेछ ।
नयाँ सार्वजनिक हुँदै गर्दा तत्कालीन समयको आकर्षक डिजाइन र सस्तो मूल्यमा पाएकाले उक्त कार लोकप्रिय भएको हो । सेन्ट्रो कार भारतमा कुनै बेला सर्वाधिक बिक्री हुने कार बनेको थियो ।
उक्त कार हुन्डाईले गतवर्षदेखि उत्पादन बन्द गरेको छ, तर हाल कम्पनीले सेन्ट्रो कार पुनः नयाँ डिजाइनसहित सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । यही वर्षको अन्त्यसम्ममा नयाँ सेन्ट्रोले हुन्डाईका शोरुम भरिने अनुमान गरिएको छ ।
हुन्डाईले आफ्नो अर्को चर्चित मोडल आइटेनको उत्पादनसमेत बन्द गरेको छ । त्यसको मुख्य रहस्य आगामी सेन्ट्रो करिब त्यही अवतारमा आउनेछ ।
नयाँ जेनेरेशनको सेन्ट्रो यही नाममा आउँछ वा आउँदैन भन्नेसमेत कम्पनीले खुलाएको छैन ।
यो पनी पढ्नुस् : नोभेम्बर ७ मा आउला हुन्डाई सेन्ट्रो, यस्तो हुने छ मूल्य
नयाँ सेन्ट्रो फ्लूडिक स्कल्पचर २.० डिजाइन ल्यांगोएसमा आउनेछ । पुरानो सेन्ट्रोले मारुतीको जेन र अल्टोसँग प्रतिस्पर्धा गरेको थियो भने, नयाँ आउने सान्ट्रोले इन्ट्रीलेवल कारमा बलियो बजार बनाएका अल्टो ८०० र रेनोको क्वीडसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । रेनो क्वीडको टप इन्ड मोडलमा टचस्क्रिनसमेत समावेश भएकाले हुन्डाई सान्ट्रोमा समेत यस्ता फिचर समावेश हुने अनुमान गरिएको छ ।
नयाँ जेनेरेशनको सान्ट्रो १.१ लिटर आईआरडीई पेट्रोल इञ्जिन र १.२ लिटर काप्पा पेट्रोल इञ्जिनमा समेत उपलब्ध हुने अनुमान गरिएको छ ।
उक्त कार ५ स्पीड म्यानूअल गेयरबक्स र एमएमटीमा समेत आउने बताइएको छ । नयाँ सान्ट्रो बजारमा आएपछि टाटा टियागो, ड्याटसन रेडिगो र मारुती सुजुकी सेलेरियोलाई समेत चुनौति दिने अनुमान अटो बजारमा भइरहेको छ ।

