फोर्ब्सको १०० मूल्यवान ब्राण्डमा अटाएका यी १२ कार उत्पादक कम्पनी

काठमाडाैं । टोयोटा मोटरर्स फोर्ब्स विश्व मूल्यवान ब्राण्ड २०१८ को टप १० भित्र परेको छ ।  

ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हरेक वर्ष प्रकाशित गर्ने  विश्वका सबैभन्दा मूल्यवान १०० ब्रान्डहरूको सूचीमा यसपटक अटोमोवाईल इण्डष्ट्रीका १२ वटा कम्पनीहरु पर्न सफल भएका छन् । 

अग्रपंतिमा रहेका ५ मूल्यवान ब्राण्ड भने टेक्नोलोजी क्षेत्रका एप्पल, गुगल, माइक्रोसफ्ट, फेसबुक र अमेजन रहेका छन् । यी ५ वटै अमेरिकन कम्पनी हुन् ।

१. टोयोटा मोटर  

टापानको टोयोटा फोर्ब्सको मूल्यवान ब्राण्डको सूचीमा अटोमोवाईल कम्पनीहरुमध्ये सबैभन्दा माथि ९ औं स्थानमा रहेको छ । 

फोब्र्सकाअनुसार टोयोटाको  ब्राण्ड भ्यालू ४४.७ विलियन डलर रहेको छ । यस कम्पनीमा १ लाख ४० हजारजना कामदार रहेका छन् । 

यस वर्ष टोयोटाको ब्राण्ड भ्यालूमा ९ प्रतिशतले बृद्धि भएको छ । टोयोटाले इन्टेलिजेन्ट ट्रान्सपोटेशन सिस्टमको विकास गरिरहेको छ । किचीरो टोयोडाद्वारा सन् १९३७ स्थापना भएको यस कम्पनी कोहेडक्वाटर जापानको नागोयामा रहेको छ ।  

२. मसिर्डिज बेञ्ज

फोर्ब्सको लिस्टमा १३ औं स्थान रहेको मसिर्डिज बेञ्ज अटोमोवाईल कम्पनीमध्ये दोस्रो उच्च ब्राण्ड भ्यालु भएको कम्पनी भएको छ । जर्मन अटोमोवाईल कम्पनीको ब्राण्ड भ्यालु ३३.४ बिलीयन डलर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतीशतले बृद्धि भएको हो । मसिर्डिज बेञ्ज जर्मनकै अर्को अटोमोवाईल कम्पनी डयाम्लरको सहायक कम्पनी हो । यसको सबैभन्दा ठूलो बजार चाईना हो, जहाँ कुल बिक्रीको २६ प्रतिशत हिस्सा रहेको छ । 

३. बीएमडब्लू

अर्को जर्मन कम्पनी बीएमडब्लूको फोब्र्सको ब्राण्ड लिस्टमा २० औं स्थानमा रहेको छ । यसको ब्राण्ड भ्यालु ३१.४ विलियन डलर रहेको फोब्र्सले जनाएको छ । कम्पनीको ब्राण्डभ्यालू अघिल्लो वर्षभन्दा ९ प्रतिशतले बढेको छ । 

बीएमडब्लू ग्रुपअन्तर्गत विश्वप्रसिद्ध बीएमडब्लू, मिनी तथा रोल्स रोयल्सका कारहरु रहेका छन् । सन् १९१६ मा स्थापना भएको कम्पनीको हेडक्वाटर जर्मनको म्यूनिक सहरमा रहेको छ ।

४. होन्डा मोटर्स

चौथो मू्ल्यवान अटोमोवाईल ब्राण्डमा जापानकै होन्डा कम्पनी परेको छ । यसको २०१८ को ब्राण्ड भ्यालू २५.५ विलियन डलर रहेको छ । यस वर्ष होन्डाकाे ब्राण्डभ्यालूमा ६ प्रतिशतले बढेको हो । होन्डाले कार, बाईक, तथा प्राईभेट जेटसमेत उत्पादन गर्ने गर्छ । सन् १९४८ मा स्थापना भएको यो कम्पनीको हेडक्वाटर जापानको टोकियोमा रहेको छ । 

५. अडी

अटोमोवाईल ब्राण्डमध्ये पाँचौ मूल्यवान रहेको अडीको भ्यालू १४.८ विलियन डलर रहेको छ । फोक्सवागेन ग्रुपको प्रमुख हिस्सा रहेको यस ब्राण्डको मूल्य ५ प्रतिशतले बढेको छ । सन् १९०९ मा स्थापना भएको यस कम्पनीको हेडक्वाटर जर्मनीमा रहेको छ । 

६. फोर्ड

अमेरिकन मोटर निर्माता कम्पनी फोर्डको ब्राण्डभ्यालू अटोमोवाईल ब्राण्डमध्ये छैटौँ स्थानमा रहेको छ । फोर्ब्सकाअनुसार २०१८ मा यसको ब्राण्ड भ्यालू १४.१ विलियन डलर रहेका छ । 

अमेरिकाको डिट्रोइट सहरमा फ्याक्ट्री रहेको फोर्डलाई आधुनिक सवारीसाधनको आविष्कारक मानिन्छ । सन् १९०३ मा हेनरी फोर्डले यो कम्पनीको स्थापना गरेका थिए । सन् २००८ को विश्व आर्थिक मन्दीमा फोर्डले आफ्नो सहायक ब्रिटीस कम्पनीहरु जागुवार र ल्याण्डरोभर टाटा मोटर्सलाई बिक्री गरेको थियो । 

७. सेभ्रोले

अटोमोवाईल ब्राण्डमध्ये सातौँ स्थानमा सेभ्रोले रहेको छ । यो अमेरिकन कम्पनी जनरल मोटर्सअन्तर्गतको एउटा ब्राण्ड हो । फोर्ब्सकाअनुसार यसको ब्राण्डभ्यालू ११.५ विलियन डलर रहेको छ । यसको ब्राण्डभ्यालू अघिल्लो वर्षको तुलनामा २०१८ मा ११ प्रतिशतले बढेको हो । सुइस रेश कार डाईभर लूईस सेभ्रोलेले यो कम्पनीको स्थापना गरेका थिए । 

पोर्स, लेक्सस, निसान, हुन्डाई र फक्सवागेन पनि फोर्ब्सको टप १०० मूल्यवान ब्राण्डभित्र अटाउन सफल भएका छन् । यिनीहरुको ब्राण्डभ्यालू क्रमशः ११ विलियन, ९.५ विलियन, ८.७ विलियन तथा ७.९ विलियन रहेको छ ।


Back_to_top