नयाँ इन्जिनमा हुन्डाई भेन्यू, डिजेलको चर्चा बढी

काठमाडौं । हुन्डाईले आफ्नो चर्चित सब फोर मिटर एसयूभी भेन्यूलाई बीएस ६ मापदण्डको इन्जिनमा ल्याएको छ । भारतमा बिक्री सुरु भएको नयाँ मापदण्ड अनुसारको भेन्यूमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.४ लिटर डिजेल इन्जिनको सट्टा १.५ लिटर डिजल इन्जिन दिएको हो ।

कम्पनीले भेन्यूमा दिएको नयाँ डिजेल इन्जिन हुन्डाई क्रेटा र किया सेल्टोसमा पनि प्रयोग भएको छ । यो इन्जिन यसअघि नै निकै चर्चामा रहेको इन्जिन हो ।

नयाँ भेन्यूको १.५ लिटर डिजेल र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । १.० टर्बो इन्जिनमा ७ स्पीड डिसीटी अटोमेटिक गियरबक्स समेत दिइएको छ । १.२ लिटर इन्जिनमा भने ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।
अन्य फिचरमा खासै परिर्वतन नगरिएपनि केही फिचर परिमार्जन र थप गरिएको कम्पनीले जनाएको छ ।

१.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन युक्त भेन्यूको टप स्पेकमा साइड कटन एयरव्याग, भेहिकल इटेविलिटी मेनेजमेन्ट, क्रोम डोर ह्याण्डल, स्लाइडिङ आर्मरेष्ट, स्मर्ट कि, सुपरभिजन क्लस्टर, एयर प्यूरिफायर, रियर वाइपर, पछाडी आर्मरेष्ट, ८ इन्चको अडियो भिडियो नेभिगेशन, ओई टेलिमेटिक जस्ता विशेषता उपलब्ध रहेका छन् ।

अगाडी प्रोजेक्टर फगल्याम्प, अटो हेडल्याम्प, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाईट, एलइडी टेलल्याम्प, एड्जेष्टेवल रियर सिट हेडरेष्ट, लेदर र्याप गियर नव र स्टेरिङ जस्ता फिचर उपलब्ध रहेको छ ।

भेन्यूमा रियर क्यामरा, क्रुज कन्ट्रोल, पावर सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सार्कफिन एन्टेना, हुन्डाई व्ल्यू लिंक टेक्नोलोजी उपलब्ध रहेको छ ।


Back_to_top