यस्तो छ यामाहाको नयाँ डर्ट बाइक WR-155R

यामाहाले नयाँ मोटरसाइकल उत्पादनलाई निकै आक्रमक बनाएको छ । कम्पनीले विशेषत एसियन बजारलाई लक्षीत गर्दै नयाँ मोडलहरु बजारमा उतार्दै आएको छ । कम्पनीले १५५ सीसी क्षमतामा नयाँ डर्ट बाइक बजारमा उतारेको हो ।

इन्डोनेसियामा सार्वजनिक गरिएको नयाँ डर्ट बाइकमा यामाहाको चर्चित मोटरसाइकल आर १५ भी थ्रीमा दिइएको इन्जिन प्रयोग गरिएको छ । यामाहा ‘डब्ल्यूआर १५५ आर’ नाम दिइएको यो डर्ट बाइकमा सेमि डबल क्याडल फ्रेमको प्रयोग गरिएको छ ।

डेल्टा बक्स फ्रेमको प्रयोग गरिएको यस बाइकमा एलइडी यूनिटको साथ हेलोजिन हेडलाइटको प्रयोग गरिएको छ । यसमा दिइएको हेडलाईटलाई दुई कलरको मास्कले कभर गरेर निकै आकर्षक बनाइएको छ ।

कम्पनीले अफरोडको लागि तयार गरेको यस बाइकमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । तर, यसमा दिइएको कन्सोल अन्य बाइकको तुलनामा कम्प्याक्ट रहेको छ । उक्त एलसीडी डिस्प्लेमा ओडोमिटर, टेकोमिटर, ट्रिप मिटर, एभरेज फियुल कन्जमसन इन्डिकेटर, गियर पोजिसन मिटर, टाइम लगायतका थुप्रै फिचर एलसीडीमा डिस्प्ले हुनेछ ।

सहज फुट पेज, सिंगल पिस ह्यान्डलवार, स्विच गियर, हाजार्ड लाईट जस्ता फिचर समेटिएको डब्ल्यूआर १५५ आर एसियाली बजारमा चर्चित बन्ने कम्पनीको अपेक्षा रहेको छ ।

अफरोड बाइक भएपनि यसमा ८ लिटरको फियुल ट्याङ्की दिइएको छ । खराब बाटोमा समेत सहज यात्रा गर्न सकियोस् भनेर यसमा विशेष किसिमको सिट प्रदान गरिएको छ । साथै, यसमा दिइएको एगजस्ट र रियर फेन्डरले बाइकलाई निकै आक्रमक देखाएको छ ।

यामाहाले इन्डोनेसियन बजारमा यसलाई दुई कलर अप्सन ब्ल्यू र व्ल्याकमा ल्याएको छ भने रियरमा प्रयोग गरिएको टेल लाईट एलइडी दिइएको छ ।

२४५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको मोटरसाइकलमा सिट हाइट ८८८ एमएम रहेको छ । मोटरसाइकलको कुल तौल १३४ केजी रहेको छ ।

कम्पनीले यसमा दिएको १५५ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एसओएचसी, ४ भल्भ भिभिए टेक्नोलोजीको इन्जिन दिइएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १६.७ पीएस पावर र ६५०० आरपीएममा १४.३ एनएम टर्क प्रदान गर्छ ।

मोटरसाइकलको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि प्रि–लोडेड एड्जस्टेवल मोनोशक दिइएको छ ।

अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको मोटरसाइकलमा वेभ टाइप डिस्क ब्रेक प्रदान गरिएको छ ।

यामाहाले अहिले नेपाली बजारमा ब्राजिलियन स्पेक एक्सटीजेड १२५ बिक्री गरिरहेको छ । यस्तोमा नयाँ डर्ट बाइक नेपाल आउँछ वा आउँदैन यसको विषयमा अहिल्यै कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top