काठमाडौ । जेडी पावर २०१८ युएस इनिसियल क्वालिटी स्टडीले गुणस्तरिय ब्रान्डको सूचीमा हुन्डाई, किया र जेनेसिस मोटर्सलाई सुरुवाति तीन भित्र राखेको छ ।
जेनेसिस हुन्डाई मोटर्स अन्र्तगतको लग्जरी कार उत्पादक कम्पनी हो भने किया पनि होन्डाई ग्रुपअन्र्तगत संचालित कार उत्पादक कम्पनी हो ।
यसमा रेटिङगर्दा कारको सुरक्षा मापदन्ड, बनोटलगायतका बिषयलाई मुख्य रुपमा हेर्ने गरिन्छ ।
यो वर्षको फेब्रुअरीदेखि मे सम्म गाडी किनेका र ९० दिन सम्म चलाएका ७५ हजार ७ सय गाडी धनी र अन्यको बीचमा २ सय ३३ प्रश्न सोधेर सो सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षण अनुसार चौथो नम्बरमा पोर्स, पाँचौ नम्बरमा फोर्ड, छैटौं नम्बरमा सेभ्रोले, सातौ नम्बरमा लिंकन, आठौं नम्बरमा लेक्सस, नवौं नम्बरमा जिप र दशौं नम्बरमा निसान रहेका छन् ।
सर्भेमा टेस्ला, अल्फा रोमियो, फियाट, मासेराटी, स्मार्ट, फेरारी, बेन्ट्ले र रोल्स रोयसलगायतका ब्रान्डलाई समावेश गरिएको थिएन ।