प्रदूषण तथा उत्सर्जनलाई ध्यानमा राख्दै इलेक्ट्रीक कारको प्रयोगलाई बढावा दिने घोषणासँगै भारत सरकारले आफ्ना सरकारी अधिकारीको प्रयोजनका लागि १० हजार इलेक्ट्रीक कार आयात गर्ने घोषणा गरेको थियो ।
इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड (ईईएसएल) लाई इलेक्ट्रीक कार निर्यातका लागि आधिकारीक जिम्मेवारी दियो । तर, ईईएसएलले विभिन्न कारण देखाउँदै १० हजार इलेक्ट्रीक कारको टेन्डर रद्द गरेको छ ।
ईईएसएलले पहिलो फेजमा टाटा मोट्र्सबाट ३ सय ५० युनिट तथा महिन्द्राबाट १ सय ५० युनिट इलेक्ट्रीक कार आयात गरेको थियो । आयातीत कारमा परर्मेन्सको समस्या भन्दै तत्काललाई उक्त कार खरिद प्रक्रिया रोकेको जनाएको छ ।
एकपटकको पूmलचार्जमा १०० देखि १२० किलोमिटरसम्म चलाउन सकिने यी कारहरूको माइलेज कम दिएपछि यी कार तत्काल नकिन्ने निर्णयमा पुगेको भारतीय मिडियाले जनाएको छ ।
दोस्रो फेजमा ईईसेलएलले १० हजार इलेक्ट्रीक कारको अर्डर दिने अनुमान गरिएको थियो । ब्याट्री तथा चार्जिङको स्पेसिफिकेशन गरी गतवर्षको अप्रिलसम्म इलेक्ट्रीक कार किन्ने योजना बनाएको थियो । २०१७ को अगस्टसम्ममा प्रक्रिया सुरु गर्ने बताइयो । ईईएसएल साइन्स र टेक्नोलोजी विभाग डीएसटीले स्पेसिफिकेशनलाई फाइनल गर्न २०१८ मेसम्मको मिति निर्धारण गर्यो ।
तर, मे महिनासम्मको प्रक्रिया पूरा नभएपछि ईईएसएललाई दिइएको टेन्डर रद्द गरिएको हो । डीएटीसँग स्पेसिफिकेसनको पाएपपछिमात्र ईईएसएललाई नयाँ टेन्डर जारी गरिने छ । मौजुड टेन्डरमा हाई एन्ड र सेडान कारका लागि २० प्रतिशत सेयर दिइएको छ । डीटीएस स्पेसिफिकेसनलाई यथाशिघ्र चाँडो फाइनल गरिने आशा लिइएको छ । यसपश्चात् अटोमेकसले स्पेसिफिकेसनको आधारमा इलेक्ट्रीक सवारीसाधन निर्माण गर्नुपर्नेछ ।


