काठमाडौं । नेपाली बजारमा निक्कै चर्चा पाएको यामाहाको आर एक्स–१०० मोटरसाइकलको मोडिफाई गर्ने प्रचलन निकै बढेको छ । सन् ९० को दशमा यामाहा आर एक्स-१०० निक्कै चर्चित मोटरसाइकलको रुपमा चिनिन्थ्यो ।
तर, नेपालको उत्सर्जन तथा प्रदूषणको कानुनले यी बाइकमाथि प्रतिबन्ध लगाइएको थियो । तर, उपत्यकामा सञ्चालन नभए पनि धेरैको घरमा अझै यो बाइक रहेको छ । यसलाई मोडिफाई गर्नेहरूसमेत निकै बढेका छन् ।
हाल भारतको महाराष्ट्रस्थित नागपुरमा रहेको हिन्दुस्तान कस्टुमले यो बाइकलाई इञ्जिन नै परिवर्तन गरी आरएक्स–१३५ को नाममा मोडिफाई गरेको छ ।
मोडिफाई गरिएको आरएक्स-१३५ मा नयाँ एलइडी हेडल्याम्प्स लगाइएको छ भने, एग्रेशिप ब्ल्याक कलर दिइएको छ । अधिकांश पाट्र्स पुरानै प्रयोग गरिएको बाइकको टेलिस्कोप सन्स्पेन्सनलाई समेत कालो रङ दिइएको छ । साथै, एलईडी इन्डिकेटर र स्कटबारको टाइप युनिट क्लिपमा परिमार्जन गरिएको छ ।
यसको मोडिफाई केटीम ड्यूकको डिजाइनमा आधारित रहेर इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएकोे छ । हिन्दुस्तान कस्टुमले बाइकमा पुरानै फ्यूल ट्यांकीको प्रयोग गरेको छ भने, खैरो रङको लेदर सिट दिएको छ ।
बाइकको नम्बर प्लेट सस्पेन्सनको नजिकै राखिएको छ । बाइकको मेकानिकल पाट्र्समा समेत कालो कलर लगाइएको छ भने फ्रन्ट र रियरमा नयाँ टायर दिइएको छ ।
यामाहा आर एक्स–१३५ मा १३२ सीसीको सिंगल सिलिन्डर दिइएको छ, जसले ७५ सय आरपीएममा १४ बीएचपी पावर उत्पादन गर्छ भने सात हजार आरपीएममा १२.२५ एनएम टर्क उत्पादन गर्छ ।
पाँच स्पीड गियरबक्स रहेको यो बाइकको टप स्पीड क्षमता ११० किलोमिटर प्रतिघन्टा रहेको छ । फ्रन्ट डिस्क ब्रेक र ड्रुमसहित संशोधन गरिएको आरएक्स–१३५ लाई तारक नाम दिइएको छ ।

