आयो १४० लिटर पेट्रोल अट्ने ट्याङकी भएको मोटरसाईकल, हार्ले डेभिसनसँग प्रतिस्पर्धा

काठमाडौं । अमेरिकामा लग्जरी बाइक निर्माण कम्पनी इन्डियन मोटरसाईकलले भारतीय बजारमा आफ्नो नयाँ मोटरसाईकल सार्वजनिक गरेको छ । 

‘इन्डियन रोडमास्टर एलिट’को मूल्य ४८ लाख भारतीय रुपैयाँ रहेको छ, यो भारतमा अहिलेसम्म सार्वजनिक गरिएको इन्डियन मोटरसाईकल कम्पनीको सबैभन्दा महङ्गो बाइक हो । 

बिस्पोक टु टनका साथै कालो र निलो कलर अप्शनमा उपलब्ध यो बाइकको कलर गर्न ३० घण्टा भन्दा बढि समय लागेको जानकारी कम्पनीले दिएको छ । साथै यसको ट्याङ्कीमा २३ क्यारेट सुनले पेन्ट गरिएको कम्पनीको दाबी छ । 

इन्डियन रोडमास्टर एलीटमा १८११ सीसी क्षमताको थण्डर स्ट्रोक–१११ वी–ट्वीन इन्जिन जडान गरिएको छ । यो इन्जिनले ३००० आरपीएममा १६१.६ एनएम पावर उत्पादन गर्छ । बाईकमा टेलेस्कोपी फर्क, मनोसक, डबल ३००मिलिमिटरको डिस्क दिइएको छ । बाइकको कुल वजन ४ सय ३३ किलोग्राम भएको कम्पनीले जनाएको छ । 

बाइकमा हुने साधारण सुविधाको अलवा यो बाइमा अल–एलइडी लाइट, फ्रन्ट रियर फेडर्स, ३०० वाटको अडियो सिस्टमसमेत लगाइएको छ । साथै, युएसबी, ब्लुटुथ कनेक्टिभिटी पनि जडान गरिएको छ । 

रोडमास्टर एलीटमा १४० लिटर इन्जिन क्षमताकोे फियुल ट्यांकी दिइएको छ । एलिटले भारतीय बजारमा हार्ले डेविसन सिभीओ लिमिटेडसँग प्रतिस्पर्धा गर्ने छ । भारतमा हार्ले डेविसन सिभीओको खरिद मुल्य ४९.९९ लाख रुपैयाँ रहेको छ ।  


Back_to_top