काठमाडौं । साधनको प्रयोग गरेर हुने आतंककारी घट्नाहरु रोक्न सकिने गरि नयाँ प्रविधिको विकास हुन लागेको छ ।
अमेरिकाको रक्षा विभागले यस्तो प्रविधिको विकास गर्न लागेको छ, जसले हतियार राखिएको सवारी साधन वा कारलाई आफ्नो लक्ष्यमा पुग्नुभन्दा पहिले नै रोक्ने छ ।
अमेरिकी रक्षा विभाग पेन्टागनले रेडियो फ्रिक्वेन्सी भेहिकल स्टपर नामक डिभाइस बनाउन अनुसन्धान गरिरहेको छ जसले सवारी साधनमा आधारीत रहेर सर्वसाधारणलाई आक्रमणको लक्ष्य बनाउने क्रियाकलापलाई रोक्नेछ ।
यस्तो प्रकारको हिंस्रक आक्रमणलाई रोक्न तथा अन्य सवारी साधनबाट हुने आक्रमणहरुलाई रोक्न सो डिभाइसले गाडीमा उच्च क्षमताका माइक्रोवेभ्स पठाउने छ । यस्तो माइक्रोवेभ्सले गर्दा गाडीको इन्जिन कन्ट्रोल यूनिटमार्फत त्यसको इलेक्ट्रिकल कम्पोनेन्टहरुलाई बन्द गराउन सक्नेछ, जसले गर्दा इन्जिन तत्काल बन्द हुनेछ ।
हालै आएको रिपोर्टअनुसार अनुसन्धान समूहले यो प्रविधिको दुई किसिमको संस्करण विकास गरिरहेको छ, जसमा पहिलो ५० मिटर रेन्जको सानो क्षमताको र अर्को १०० मिटरको ठूलो क्षमताको हुनेछ ।