काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी टाटाको आन्तरिक बिक्री ८६ प्रतिशतले बढेको छ । २०१८ को अप्रिलमा टाटाले भारतीय बजारमा ५३ हजार ५ सय ११ वटा सवारी बिक्री गरेको छ ।
उक्त दरमा सवारी बिक्र बढ्नुमा कमर्सिलय तथा प्यासेन्जर भेइकल दुबैको विक्री उल्लेख्य रहनुलाई कारक मानिएको छ । गतवर्षको सोही अवधिमा टाटाले २८ हजार ८ सय ४४ वटा सवारी बिक्री गरेको थियो ।
कमर्सियल सवारी बिक्री गतवर्षको तुलनामा २०१८ को अप्रिलमा १ सय २६ प्रतिशत बढेर ३६ हजार २ सय ७६ पुगेको छ । जबकी गतवर्ष १६ हजार १७ वटा मात्र बिकेको थियो ।
त्यस्तै पछिल्लो समय टाटाका प्यासेन्जर सवारीको बिक्री पनि उल्लेख्य रुपमा बढेको छ । २०१७ को अप्रिलमा १२ हजार ८ सय २७ वटा बिकेको टाटाको प्यासेन्ज भेइकल यो वर्षको अप्रिलमा आइपुग्दा ३४ प्रतिशतले बढेर १७ हजार २ सय ३५ वटा पुगेको छ ।

