यी हुन् २०१८ मा विश्वका उत्कृष्ट १० कार इन्जिन (सूचिसहित)

काठमाडौं । वार्डस् अटोले वार्षिक रुपमा सवारी साधनमा प्रयोग भएको इन्जिनलाई त्यसको पर्फमेन्सका आधारमा विश्वका उत्कृष्ट इन्जिनको सूची तयार पार्ने गरेको छ । 

उत्कृष्ट १० इन्जिनको सूचीमा विद्युतीय इन्जिनसमेत पर्न सफल भएको छ । यस्ता सूचीमा ४, ६ र ८ सिलिन्डर इन्जिन छन्, जसमा फ्यूल सेल, इलेक्ट्रीक तथा हाइब्रिड युनिटसम्म छन् । 

यो वर्षको उत्कृष्ट इन्जिनको सूचीमा मास मार्केट अटोमेकर र इलेक्ट्रीक कारहरुको बर्चश्व रहेको छ । वार्डस्ले २०१७ को अक्टोबर र नोभेम्बरमा ड्राइभिङ कन्डिसन र अन्य आधारहरु तयगरि उत्कृष्ट इन्जिन छनोट गरेको हो । यो छनोटमा ३२ वटा कारहरु सहभागी थिए । वार्डस्ले उत्कृष्टहरुलाई अल्फावेटिकल अडरमा राखेको छ । यस्ता छन् २०१८ का उत्कृष्ट इन्जिनहरु :

१. सेब्रोले बोल्टः १५० केडब्लू इलेक्ट्रिक 

यो गाडीमा प्रयोग भएको इन्जिनले उत्कृष्ट टर्क पावर प्रदान गर्छ, २ सय ३८ माइल रेन्ज तथा आरामदायी यात्रा उत्कृष्टताको आधार भएको वार्डसले उल्लेख गरेको छ । 

२. क्रिसलर प्यासिफिक हाइब्रिड ३.६ लिटर

यो गाडीमा प्रयोगभएको पेन्टा स्टार भी ६ सहित प्लग–इन हाइब्रिड ड्राइभ सिस्टम रहेको छ ।

३. फोर्ड एफ–१५० : २.७ लिटर

फोर्डको यो कारमा ट्वीन–टर्बो इकोबुस्ट भी ६ इन्जिन रहेको छ । यो इन्जिनपनि वार्डस्ले सार्वजनिक गरेको विश्वका उत्कृष्ट इन्जिनको सूचीमा परेको छ । 

४. फोर्ड मस्टाङ जीटी

यो कारमा ५.० लिटर डीओएचसीभी ८ इन्जिन प्रयोग गरिएको छ । मस्टाङमा प्रयोग भएको इन्जिनले इन्धन कम खपत गर्ने र पर्फमेन्स उत्कृष्ट भएको वार्डसले उल्लेख गरेको छ । 

५. होन्डा क्ल्यारिटी फ्युल सेल

होन्डाको क्ल्यारिटी फ्युल सेलमा १३० केडब्लू प्युल सेलसहित इलेक्ट्रीक प्रवद्र्धन प्रणाली रहेको छ । यो इन्जिन युक्त कारमा अकुरा लेवलको ड्राइभिङ डाइनामिक्स रहेको वार्डस्ले जनाएको छ । 

६. होन्डा सिभिक टाइप आर : २.० लिटर

होन्डा सिभिक टाइप आर २.० लिटरमा टर्बो चार्जड भीटीइसी इन लाइन फोर सिलिन्टर रहेको छ । होन्डाको इन्जिन उत्कृष्ट १० को सूचीमा परेको यो अठारौं पटक हो । 

७. इनफिनिटी क्यू ५०

इनफिनिटी क्यू ५० मा ३.० लिटरको ट्वीन–टर्बो भीआर भी ६ इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले शून्यबाट ६० माइल प्रतिघण्टाको गति ५ सेकेन्ड भन्दा कम समयमा तय गर्ने छ । 

८. जगुअर एक्सएफ

जगुअर एक्सएफमा २.० लिटर फोर सलिन्डर टर्बो चार्जड इन्जिन रहेको छ । यो इन्जिनपनि वार्डस्को २०१८ को विश्व उत्कृष्ट १० इन्जिनको सूचीमा पर्न सफल भएको छ । 

९. किया स्टिन्जर

कियाको स्टिन्जर ३.३ लिटरको इन्जिन हो जसमा ट्वीन–टर्बो भी ६ प्रयोग भएको छ । यो इन्जिनले धेरै अन्य इन्जिनलाई पछि पार्न सफल भएको हो । 

१०. टोयोटा क्याम्री हाइब्रिड

टोयोटाको क्याम्री हाइब्रिडमा २.५ लिटर एटकिनसन साइकल फोर सिलिन्टरसहितको हाइब्रिड ड्राइभ सिस्टम रहेको छ । यसलाई पनि उत्कृष्ट १० मा समाबेस गरिएको छ । 


Back_to_top