इन्ड्राइभ आइसीटी अवार्ड सम्पन्न, १७ संस्था र व्यक्तित्व सम्मानित

 

काठमाडौं । दशौं संस्करणको ‘इन्ड्राइभ आइसीटी अवार्ड २०२५ सम्पन्न भएको छ ।

लिभिङ विथ आइसीटी र आइसीटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त अवार्ड कार्यक्रम ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो।

७५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको अवार्डमा १८ जुरी सदस्य र १६ सल्लाहकार समितिले ४ महिनाको समयमा छनोट प्रक्रिया सम्पन्न गरेका थिए ।

यस वर्ष व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसीटी अवार्ड दिनेश सिलवालले प्राप्त गरे भने आन्टरप्रेनर आइसीटी अवार्ड विभुषण विष्टले जितेका छन्। पायोनियर आइसीटी अवार्ड डा. एलेन बैलोचन तुलाधर, प्रोफेसनल एक्सिलेन्स आइसीटी अवार्ड रामकृष्ण परियार, वुमन आइकन आइसीटी अवार्ड मुन्नी राजभण्डारीले प्राप्त गरेकी छन्।

यसैगरी संस्थागत अवार्ड अन्तर्गत, डिजिटल गभर्नेन्स आइसीटी अवार्ड सामाजिक सुरक्षा कोष, डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) एनएमबी बैंक, डिजिटल सर्भिसेस (नियो सेक्टर) एम्बिसन गुरू, डिजिटल एजुकेशन (पब्लिक सेक्टर) नारायणी माध्यमिक विद्यालय, चितवन, डिजिटल एजुकेशन (प्राइभेट सेक्टर) कोपिला भ्याली स्कुल, सुर्खेतले जितेका छन्।

आइसीटी अवार्डका संस्थापक तथा अध्यक्ष राजन लम्सालले देशमै केही गर्न खोजिरहेका र गरिरहेकाहरूलाई खोज्दै, जोड्दै इकोसिस्टम बनाउने प्रयासमा १० वर्षदेखि लागिरहेको जानकारी दिए ।

सूचना प्रविधि विकासको मुख्य नायक सरकार भएको बताउँदै उनले निजी क्षेत्रलाई अझ प्रोत्साहन आवश्यक रहेको प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायका उच्च अधिकारी, उद्यमी, सीईओ र स्वदेश तथा विदेशबाट आइसीटी क्षेत्रका १५०० बढी विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।

यी हुन आइसीटी अवार्ड २०२५ का विजेताहरू

इन्ड्राइभ स्टार्टअप आइसीटी अवार्ड : आर्कबो टेक्नोलोजीज प्रालि

प्रडक्ट आइसीटी अवार्ड : क्विकसीसीए

राइजिङ स्टार आइसीटी अवार्ड : माइण्डब्रिज

सोसल इन्नोभेसन आइसीटी अवार्ड : कताहो

हाम्रो पे पब्लिक च्वाइस आइसीटी अवार्ड : ट्रिप टर्बो प्रालि

जुरी मेन्सन आइसीटी अवार्ड : वायुदृष्टि

वुमन आइकन आइसीटी अवार्ड : मुन्नी राजभण्डारी

पायोनियर आइसीटी अवार्ड : डा. एलेन बौलोचन तुलाधर

आन्टरप्रेनर आइसीटी अवार्ड : विभुषण विष्ट

नेपाली डायस्पोरा आइसीटी अवार्ड : दिनेश सिलवाल

प्रोफेसनल एक्सिलेन्स आइसीटी अवार्डः रामकृष्ण परियार

डिजिटल एजुकेशन आइसीटी अवार्ड (प्राइभेट सेक्टर) : कोपिला भ्याली स्कुल, सुर्खेत

डिजिटल एजुकेशन आइसीटी अवार्ड (पब्लिक सेक्टर) : नारायणी माध्यमिक विद्यालय, चितवन

डिजिटल सर्भिसेस आइसीटी अवार्ड (इन्टरप्राइज सेक्टर) : एनएमबि बैंक

डिजिटल सर्भिसेस आइसीटी अवार्ड (नियो सेक्टर) : एम्बिसन गुरू

डिजिटल गभर्नेन्स आइसीटी अवार्ड : सामाजिक सुरक्षा कोष

साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड : प्रियोशप, बंगलादेश

सम्मानित सात प्रदेशका उत्कृष्ट स्टार्टअपहरू (कोशीदेखि सुदुरपश्चिमसम्म क्रमशः) : मेडिक्याब टेक्नोलोजिज प्रालि, जानकी सफ्ट इन्टरनेशनल प्रालि, क्लाउड मन्डप प्रालि, ब्राण्ड बिल्डर प्रालि, गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन, एभरेष्ट वायरलेस नेटवर्क प्रालि र बिजी इन्फोटेक्स प्रालि ।

 

 


Back_to_top