इनड्राइभले चालकलाई २२ लाखको पेट्रोल दिने

काठमाडौं । मोबिलिटी एण्ड डेलिभरी प्लेटफर्म इनड्राइभले आफ्ना पार्टनर चालकहरूलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ ।

इनड्राइभले वैशाख २ (अप्रिल १५) देखि लागू हुने गरी २२ लाखको इन्धन सहयोग कार्यक्रम सुरू गर्ने घोषणा गरेको हो । नेपालमा बढ्दो इन्धन मूल्य र महँगीको प्रभावलाई मध्यनजर गर्दै आफ्ना चालकलाई कम्पनीले इन्धन सहयोगको घोषणा गरेको हो ।

‘इनड्राइभको पियर-टु-पियर मोडेलले यात्रु र चालकलाई भाडा प्रत्यक्ष रूपमा तय गर्न सक्ने सुविधा समेत प्रदान गर्दछ । यसले वास्तविक समयको बजार अवस्था र सञ्चालन खर्चलाई ध्यानमा राख्दै न्यायोचित भाडा निर्धारण गर्न सहयोग गर्छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ ।

यस पहलमार्फत कम्पनीले चालकहरूको आर्थिक दबाब कम गर्दै उनीहरूको आम्दानीलाई स्थिर राख्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले चालक समुदायबाट उठिरहेका चासो र गुनासाहरूलाई गम्भीरतापूर्वक लिँदै यातायात क्षेत्रका संरचनात्मक समस्याहरू समाधान गर्न भइरहेको पहललाई समर्थन गरिरहेको जनाएको छ ।


Back_to_top