रोयल इनफिल्डको चर्चित मोटरसाइकल इन्सेप्टर ६५०ले इन्डियन मोटरसाइकल अफ द इयरको पुरस्कार प्राप्त गरेको छ । केही समय अगाडिबाट मात्रै भारतीय बजारमा बिक्रीवितरण सुरु भएको रोयल इनफिल्डको यस संस्करणले यामाहा वाइजेड एफ आर–१५ र टिभीएस अपाची आरआर–३१० लाई पछि पार्दै उक्त उपाधी हात पारेको हो ।
आधुनिक प्रविधिसँगै आकर्षक विशेषता समेटिएको रोयल इनफिल्डको यो मोडल युवापुस्ताको विशेष रोजाइमा पर्न सुरु भएको छ । यो मोटरसाइकल ओरेन्ज क्रुश, मार्क थ्रि ब्लाक, सिल्भर स्पेक्चर, र्याभिसिंग रेड, बे्रकर स्पे्रेश ह्वाइट र रेड तथा ग्लिटर र जस्ट क्रोम जस्ता कलर अप्शनमा उपलब्ध रहेको छ । भारतमा यसको मुल्य २ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ ।
यसमा उपलब्ध ६४९ सीसी प्यारालल ट्वाइन एयर आयल कुल्ड इन्जिनले ४७ बीएचपी पावरका साथै ५२ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६–स्पीड म्यानूयल गियरबक्स लगाइएको छ ।
सुरक्षाका लागि बाइकमा डबल च्यानल स्टान्र्डड एबिएसको बिशेषतासँगै फ्रन्टमा ४१ एमएमको टेलिस्कोपिक फर्क र रियरमा सक एबजब्र्स लगाइएइको छ ।
बाइकको ह्यान्डल, सिटर तथा ट्याङ्कको डिजाइन अलगढङ्गबाट गरिएको छ । इन्सेप्टर ६५० मा १३.७ लिटरको फियुल ट्याङ्की दिइएको छ । चौथो स्थानमा भने टिभीएस अपाची आर टिआर १६० परेको छ ।

