टोयोटाले ल्यायो रसको खरिदमा यस्तो छुटको अफर

काठमाडौं । टोयोटाले नयाँ वर्ष २०१९ को अवसर पारेर टोयोटा रसको ‘मिड एमटी’ भेरियन्टमा विशेष छुटको अफर ल्याएको छ । उक्त अफर योजनामा ग्राहकले करिब ३ लाख रुपैयाँ बराबरको छुट पाउने छन् ।

नेपालको लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेट नयाँ रस किन्ने ग्राहकलाई केन्द्रमा राखेर नयाँ वर्षको अफर योजना सार्वजनिक गरेको जनाएको छ । 

यस योजनामा रसको मिड एमटी खरिद गर्ने ग्राहकले ५० हजार रुपैयाँ नगद छुट, कुनैपनि ब्रान्डको गाडी ल्याएर एक्स्चेन्ज गर्दा एक लाख रुपैयाँ एक्स्चेन्ज बोनस, एक वर्षको फ्रि इन्स्योरेन्स र एक वर्षको फ्रि सडक दस्तुर कर पाउने छन् । साथै, हरेक गाडीको खरिदमा सरप्राईज गिफ्ट ह्याम्परको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ । मिड एमटी बाहेक अन्य भेरियन्टको खरिदमा यो योजना लागु नहुने कम्पनीले जनाएको छ । 

यस्तो छ रस

रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ । 

त्यसैगरी ८ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगातका फिचर दिइएको छ । 

यो कारमा चढ्दा एसयुभीको रिएल मज्जा लिन सकिने कम्पनीले दाबी गरेको छ । सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडीसहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्टजस्ता फिचर दिइएको छ । यो कारलाई आसिएन एनक्यापले ५ स्टार रेटिङ दिएको छ । नेपाली बजारमा यो कारको मूल्य ६६ लाख ९० हजार रुपैयाँ रहेको छ ।  


Back_to_top