यूरोपमा बन्द भएको सुजुकी हायाबुसा भारतमा बुकिङ सुरु

सुजुकी मोटरसाइकल इन्डियाले सुजुकी हायाबुसाको बुकिङ लिन सुरु गरेको छ । हायाबुसा २०१९ मोडलको कम्पनीले आफ्नो सबै डिलरबाट बुकिङ गर्न सकिने जनाएको छ । हायाबुसा २०१९ बुकिङको लागी ग्राहकले १ लाख भारतीय रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसको एक्स सोरुम मूल्य १३ लाख ६५ हजार भारु रहने छ ।

कम्पनीले २०१९ सुजुकी हायाबुसा ग्रे रेड, ब्ल्याक ग्रे दुई कलर अप्शनमा ल्याएको छ । कलर बाहेक कम्पनीले यो बाइकमा केहि परिर्वतन गरेको छैन । २०१९ हायाबुसामा १३४० सीसी इनलाइन, फ्युल इन्जेक्टेड, ४ सीलिन्डर इन्जिन दिएको छ । यो इन्जिनले ९ हजार ५ सय आरपीएममा १९७ बिएचपी र ७ हजार २ सय आरपीएममा ११५ एनएम टर्क जेनेरेट गर्छ । 

यूरोपमा यो बाइकको उत्पादन बन्द भइसकेको छ । भारतीय बजारमा भने यसको नयाँ जनेरेशन २०२२ मा ल्याउने जनाएको छ । 


Back_to_top