गाडीको क्वालिटी र पर्फमेन्समा ध्यान नदिँदा दुर्घटना बढ्यो : राजनबाबु श्रेष्ठको अन्तर्वार्ता

काठमाडौं । नेपालमा सार्वजनिक सवारीसाधनको रूपमा प्रयोग हुने साधनहरूको बिक्रीमा सबैभन्दा अगाडि आउने नाम हो सिप्रदी ट्रेडिङ । विगत ४० वर्षभन्दा लामो समयदेखि सवारीसाधन बिक्री गर्दै आएको सिप्रदीले अहिले पनि कमर्शियल सेग्मेन्टमा ठूलो हिस्सा ओगट्छ । सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ लामो समयदेखि अटोमोबाइल बजारमा सक्रिय छन् ।

कोभिड-१९ संक्रमणपछि कमर्शियल गाडीको बजारमा ठूलो समस्या आयो । धेरै उपभोक्ताले समयमा किस्ता समेत तिर्न सकेनन् । झण्डै ७/८ महिना गाडी चलाउनै बन्द जस्तै गरियो । त्यसले एउटा सामान्य बस, मिनीबस वा ट्रक चलाएर आम्दानी गर्दै परिवार चलाउने र बैंकको किस्ता तिर्ने वर्ग ठूलो समस्या परेको देखियो ।

त्यतिबेलाको समस्या सम्झदै श्रेष्ठले भनेका छन्, ‘नियत खराब भएर पैसा नतिरेको होइन, तिर्ने पैसा नभएर तिर्न नसकेका हुन् ।’

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष समेत रहेका श्रेष्ठसँग मेरोअटोले कमर्शियल गाडीको विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको भिडियो अन्तर्वार्ता :


Back_to_top