काठमाडौं । चिनियाँ बजारमा बीएआइसी र बेइजिङ हुन्डाईको ज्वाइन्ट भेन्चर कम्पनीले उत्पादन गरकोे हुन्डाईको नयाँ ईभी एलेक्सियो चाँडै लन्च हुने भएको छ । गत अप्रिलमा सांघाई अटोशोमा रिभिल गरिएको एलेक्सियो सन् २०२५ को तेस्रो त्रैमासभित्रै सार्वजनिक हुने भएको हो ।
कम्पनीले आगामी २ वर्षमा एलेक्सियोको पीएचईभी र ईआरईभी समेत लन्च गर्ने योजना सार्वजनिक गरेको छ । एलेक्सियो एसयूभी हुन्डाई मोटर ग्रुपको ग्लोबल मोडुलर प्ल्याटफर्म ईजीएमपीमा बनेको हो ।
बेइजिङ हुन्डाईले बनाएको ५ सिटे एसयूभीको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६७३ एमएमको रहेको छ । यसको ह्वीलबेस २७५० एमएमको छ ।
फ्रन्टह्वील ड्राइभ र अलह्वील ड्राइभ दुईवटै अप्सनमा लन्च हुने एलेक्सियोको फ्रन्टमा १६० किलोवाट र रियरमा ७३ किलोवाटको मोटर दिएको छ । बेइजिङ हुन्डाईले यो ईभीमा फिनड्रिम्सले बनाएको एलएफपी ब्लेड ब्याट्रीप्याक दिएको छ ।
ब्याट्रीको साइजका बारेमा कम्पनीले कुनै जानकारी नदिए पनि यो एसयूभीको सीएलटीसी रेन्ज ७०० किलोमिटर भएको दाबी गरेको छ । हुन्डाई एलिक्सियोको मूल्य करिब २० हजार डलर हुने अनुमान गरिएको छ ।

