एक महिना अगाडि इसुजु डिम्याक्स भी–क्रस बजारमा ल्याउने घोषणा गरेको कम्पनीले भारतीय बजारमा फेसलिफ्ट मोडलको बिक्री सुरु गरेको छ ।
भारतीय बजारमा बिक्री सुरुसँगै उक्त गाडी नेपाली बजारमा आउने क्रममा रहेको छ । कन्टिनेन्टल्स ट्रेडिङले उक्त पिकअपलाई आगामी नाडा अटो शोेमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । नेपाली बजार इसुजुका पिकअपले निकै राम्रो बजार लिएको छ ।
भी–क्रसलाई कम्पनीले दुई भेरियन्टमा भारतीय बजारमा सार्वजनिक गरेको छ । जसमा स्टान्डर्ड र जेड भेरियन्ट रहेको छ ।
भारतीय बजारमा यी भेरियन्टको मूल्य १५ लाख ५४ हजार र १७ लाख ६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले फेसलिफ्ट भी–क्रसमा २० नयाँ परिवर्तन गरिएको जनाएको छ ।
यसको अलावा अगाडिको ग्रिल निकै स्टाइलिस दिएको छ भने नयाँ हेड ल्याम्प र मस्कुलर बम्परले गाडीलाई निकै आकर्षक रहेको छ ।
यसमा दिइइएको फिचरमा १८ इन्चको अलोय ह्वील, नयाँ रुफ रेल, सार्क फिन एन्टेना रहेका छन् । गाडीको ड्यासबोर्डमा पियानो ब्ल्याक फिनिस दिइएको छ । टप भेरिएन्ट जेडमा लेदर सिट दिइएको छ ।
२.५ लिटर डिजेल इन्जिन दिइएको उक्त पिकअपले १३४ बीएचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीड म्यानुयल गियरबक्स दिइएको उक्त गाडीमा पुरानै जस्तो अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहेको छ ।

