जडीबुटी-पेप्सीकोला सडकको दायाँबायाँका संरचना हटाउन ३५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौंको जडीबुटी-पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ भित्रका संरचना हटाउन ३५ दिने अल्टिमेटम दिइएको छ ।

सोमबार सडक विभाग र काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गर्दै सडकको केन्द्र रेखाबाट दायाँबाँया १५र१५ मिटर भित्र रहेका संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएक हुन् ।

सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५र१५ मिटर भित्र रहेका संरचना हटाउनुपर्नेछ ।

सूचना अनुसार उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासबिना बनाइएका अनधिकृत संरचना सम्बन्धित व्यक्ति आफैंले हटाउनुपर्ने छ ।

उक्त क्षेत्रमा सीमाङ्कन गरेर चिह्न लगाई किलासमेत गाडिएको छ । तोकिएको अवधिमा चिह्न लगाइएको क्षेत्रको संरचना नहटाए कानुन अनुसार कारबाही हुने चेतावनी दिइएको छ ।


Back_to_top