९ प्रतिशत ब्याजमा जावाका मोटरसाइकल, प्रिमियम ज्याकेटर हेलमेट निःशुल्क

काठमाडौं । जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्व लक्षित स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको स्कीम अन्तर्गत ग्राहकले ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

त्यस्तै कम्पनीले हरेक जावा मोटरसाइकलको खरिदमा ग्राहकले जावाको प्रिमियम हेलमेट तथा जावाको प्रोफेशनल राइडिङ ज्याकेट निःशुल्क प्राप्त गर्नेछन् । यसै योजना अन्तर्गत ग्राहकले एक्सचेन्स सुबिधासमेत प्राप्त गर्नेछन् । कुनैपनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग जावाका मोटरसाइकल एक्सचेन्ज गर्न सकिनेछ ।

९ प्रतिशतको न्यूनतम ब्याज दरका लागि कम्पनीले फाइनान्सिङ पार्टनरका रुपमा ‘अग्नि हायर पर्चेज लिमिटेड’सँगको सहकार्यमा यो सुबिधा ल्याएको हो । सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालभर रहेको जावाको शोरुममा यो सुबिधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

जावा बाइक देशभरको १६ भन्दा बढी डिलर नेटवर्क रहेको छ ।


Back_to_top